आइतबार, असार ६ २०७८
काठमाडौं ०७:२१
वासिङटन डिसी 21:36

कोरोना महामारी पछि यसरी न्याकले सम्पन्न गर्यो भौतिक रूपमा प्रत्यक्ष योगा कार्यक्रम

विजय थापा २०७८ जेठ २३ गते २०:५९ मा प्रकाशित

डिसी महानगर । कोरोना भाइरसको महामारीमा थिलथिलो भएको अमेरिकाको भर्जिनियामा स्थापित अमेरिकन नेपाली सामुदायिक केन्द्र (न्याक)ले १ बर्ष पछि भौतिक रूपमा प्रत्यक्ष योगा कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार जुन ५ का दिन दिउसो कार्यक्रमको आयोजना गरिएको थियो ।

भर्जिनिया राज्यको सेन्टरभिलको एक गिर्जाघर(चर्च)को एक भवन भित्र उक्त योगा कार्यक्रमको आयोजना गरिएको हो । कोभिड-१९ को प्रभाव बढे देखि नै सन् २०२० देखि नै परोक्ष रुपमा अर्थात् जुम मार्फत योगा गराउदै आएको न्याकले यस पटक भौतिक रुपमा योग सिक्न चाहनेको लागि प्रत्यक्ष योगा कार्यक्रम सम्पन्न गर्न सफल भएको छ ।

न्याकको स्वास्थ्य तथा तन्दुरुष्टि कार्यक्रम अन्तर्गत योग गुरु ललित शंकर योगीले योगा सत्र(सेसन) लिनु भएको थियो । योग गुरु ललित शंकर रामदेव बाबाका शिष्य हुनु हुन्छ ।

अन्तरराष्ट्रिय स्तरमै धरै राष्ट्रहरुमा योग सिकाउदै आउनु भएका योगी यस पटक अमेरिकाको भ्रमणमा आएको समयमा भर्जिनियाले अवसर पाएको हो । योग कार्यक्रममा भाग लिने सबैले धेरै कुरा सिक्न पाइएको भन्दै न्याककी योगा कार्यक्रमकी डा कल्पना सत्याल (विद्यावारिधि)लगायतलाई धन्यबाद दिएका छन् ।

योग गुरु ललित शंकर योगीले योग सिकाउन पाउँदा आनन्द लागेको र सबैले आफ्नो लागि कम्तिमा १ घण्टा आफ्नो लागि समय निकाल्नु पर्ने बताउनु भयो । यसैगरी सेन्टरभिल शहरमै बसोबास गर्ने ददिराम ढुंगाना र सुनिता सुबेदी समेतले भाग लिनु भएको थियो ।

प्रतिक्रिया