राजकुमार ह्यारी तथा मेघनद्वारा नव शिशु छोरी लिलिबेट डायनालाई स्वागत
राजकुमार ह्यारी तथा मेघनले नव शिशु छोरी लिलिबेट डायनालाई भब्य स्वागत गरेका छन् । उनीहरुको यो दोश्रो सन्तान हो भने उनीहरुले आईतबार मात्र एक वक्तव्य मार्फत घोषणा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “यो अत्यन्तै खुशीको कुरा हो कि राजकुमार ह्यारी र मेघनले आफ्नी छोरी, लिलिबेट” लिली “डायना माउन्टबेटन-विन्डसरलाई संसारमा स्वागत गरेका छन् “। लिली गत शुक्रबार जुन ४ का दिन बिहान ११:४० मिनेटमा जन्मेकी हुन् । उनको जन्म सान्टा बार्बराकटेज नामक अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको विश्वसनीय हेरचाहमा जन्मेकी थिइन,” ।
उनको वजन ७ पाउण्ड ११ आउन्स अर्थत ३ किलो ४९ ग्राम रहेको छ । हाल आमा र बच्चा दुवैको स्वास्थ्य छ भने उनीहरू घरमै बसेका छन । लिली उनको हजुरआमाको पनि आमा अर्थात् जिजु मुवाको नामबाट राखिएको छ जसको परिवारको उपनाम लिलीबेट हो। उनको बिचको नाम डायना हो ।
उनीहरुले आफ्नो आर्चवेल फाउन्डेसन संजालस्थल(वेबसाइट )मार्फत एक सन्देश दिदै मेघन र ह्यारीले छोरीको आगमनबाट “प्रफुल्लित /भाग्यवान ” भएको जनाएका छन् ।
उनी हामीले कल्पना गरेको भन्दा ज्यादा छिन । र, हामी विश्वभरिबाट महसुस गरेका प्रेम र प्रार्थनाका लागि कृतज्ञ छौं भनेका छन् ।
हाम्रो परिवारको लागि यो एकदम विशेष समयमा तपाईको निरन्तर दया र समर्थनका लागि धन्यवाद भनि वक्तब्यमा लेखेको समाचार सिएनएनले लेखेको छ ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया