एनआरएनएले यसै बर्ष देखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार दिन शुरु गर्ने

इनेप्लिज २०७८ जेठ २३ गते १९:४१ मा प्रकाशित

बोस्टन , अमेरिका । गैर आवासीय नेपाली संङ्घको भाषा, साहित्य , संस्कृति तथा सम्पदा समितिले प्रतेक बर्ष गैर आवासीय नेपाली लेखकहरूको नेपाली वाङ्मयमा प्रकाशित पुस्तक मध्य एक उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा ” अरनिको पुरस्कार ” गरेको छ ।

हिजो सम्पन्न नेपाली भाषा , साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रवन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले बिक्रम सम्बत २०७७ भरि प्रकाशित नेपाली वाङमयका गैरआवासीय नेपाली लेखकका पुस्तकहरूको संकलन यही जुलाई २०२१ सम्म गरि सक्ने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाको बोस्टन , फ्रान्सको पेरिस र सङ्घको अन्तरराष्ट्रिय सचिवालय काठमाडौं मध्य कुनै एक स्थानमा पुस्तक पठाउन सकिनेछ ।

दुई लाख रुपैयाको पुरस्कार राशी भएको पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने छ । अक्षय कोष संचालन गर्न बनेको बिनिमय २०७७ अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पुर्व कोषाध्यक्ष तथा भाषा, साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा सदस्यहरुमा नयनराज पाण्डे , निलम कार्की निहारिका , ददी सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त रहनु भएको छ ।

साथै सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती , एनआरएनए अध्यक्ष कुमार पन्त र पुर्व अध्यक्ष जिवा लामिछाने रहनु भएको छ ।

समितिले पुरस्कार संचालनका लागि पचास लाखको अक्षय कोषको स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइ सकेको समितिका अर्थ संयोजक ईश्वरी भट्टले जानकारी दिएका छन ।

त्यसै गरि अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा , साहित्य , संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्व पुर्ण व्यक्तित्वलाई समेत सम्मान र पुरस्कृत गर्न थालिने सदस्य सचिव महेश्वर पन्तले बताउनु भयो । उहाँका अनुसार प्रबन्ध समितिले मुल्यांकनका निम्ति विशिष्ट साहित्यकारहरू रहेको छुट्टै समिति बनाउने र सेप्टेम्बर महिना सम्म पुरस्कार घोषणा गरिनेछ । कलाकार अरनिकोलाई पहिलो गैर आवासीय नेपालीको रूपमा समेत मानिएकोले पुरस्कारको नाम उनको र नेपाली कलाको सम्मानार्थ राखिएको हो पन्तले भने ।

पुरस्कारका लागि पुस्तक लेखक स्वयं , प्रकाशक , संघ सस्था वा लेखकका शुभेच्छुकहरुले तलका तीन ठेगाना मध्य कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ सम्म बिक्रम सम्बत २०७७ मा छापिएको पुस्तक पठाउनु पर्नेछ ।
(क )
Dadi Saokota
17 Rue Françis Perrin
91190 Gif-Sur-Yvette , France
(ख )
Maheshwor Pant
1646 Main St Walpole MA 02062
(ग )
गैरआवासीय नेपाली सङघ , अन्तर्राष्ट्रिय सचिवालय , सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं ।

प्रतिक्रिया