शुक्रबार, असार ४ २०७८
काठमाडौं ०९:१२
वासिङटन डिसी 23:27

नेपाललाई खोपको माग गर्दै नेपाली गुठीले बुझायो ज्ञापन पत्र

इनेप्लिज २०७८ जेठ २३ गते १९:१६ मा प्रकाशित

पेन्सलभेनिया (अमेरिका) । अमेरिकामा रहेर सामाजिक काम गर्दै आएको नेपालीहरुको संस्था नेपाली गुठी एसोसियसन पेन्सलभेनियाले कोरोनाबाट थिलथिलो बनेको नेपाललाई जति सक्दो चाडो खोप उपलब्ध गराउन माग गरेको छ।

नेपाली गुठी एसोसियसनका सभापति बिमल मोक्तानको नेतृत्वको टोलीले अमेरिकन सांसद ब्रायनलाई भेटी नेपाललाई जति सक्दो चाडो र अन्य देशको भन्दा धेरै खोप उपलब्ध गराउन माग गरेको हो।

पेन्सलभेनियाबाट प्रतिनिधित्व गर्ने सांसद ब्रायन कङ्रेसको विदेश विभागको शक्तिशाली सदस्य मानिन्छन्।ब्राइन नेपालप्रति सधैं पोजेटिभ छन्।

अहिले अमेरिकाले नेपालसहित विश्वका विभिन्न देशहरुलाई ८ करोड डोज खोप दिने तयारी गरिरहेको छ।यही बेला गुठीले नेपाललाई अन्य देशको तुलनामा बढी प्राथमिकतामा राख्न आग्रह सहित अमेरिकी सरकारलाई खोपको माग गरेको हो।

प्रतिक्रिया