बुधबार, असार ९ २०७८
काठमाडौं ०५:४५
वासिङटन डिसी 20:00

अमेरिकाको मूलधारको राजनीतिमा सार्वजनिक पदमा निर्वाचित हुने युलेस नगर परिषद सदस्य पौडेल छैठौ नेपाली

इनेप्लिज २०७८ जेठ २३ गते १५:०० मा प्रकाशित

अमेरिकाको मूलधारको राजनीतिमा टेक्सस राज्यको युलेस नगर परिषदमा सार्वजनिक पदमा निर्वाचित हुने टीका पौडेल छैठौ नेपाली मूलका भएका छन् । अमेरिकामा नब्बेको दशक देखि नेपालीहरुको जन घनत्व बिजगणितिय रुपमा बढ्दै जाँदा मूलधार नेपालीहरुको प्रवेश पनि दिनहु दिन बिस्तारै बढ्ने क्रम जारी रहेको छ ।

मूलधारमा प्रवेश गर्ने क्रमलाई निरन्तरता दिदै युलेस नगर परिषदमा टीका पौडेलले अर्को बाजी मार्न सफल भएका छन् । स्थानीय समयानुसार गत शनिबार सम्पन्न मतगणनामा उनले एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि नगर परिषद सदस्यमा बिजयी भएका छन् ।

नेपालको चितवन निवासी बिजयी भए पछि पौडेलले आफ्नो विजय सबै नेपालीको जीत भएको बताए । नव निर्वाचित पौडेल नेपालमा प्राध्यापन पेशामा थिए भने गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसके पछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवार बीच ‘अन्तिम चरण ’मा चुनाव भएको थियो ।

स्मरण रहोस ,अमेरिकाको मूलधारको राजनीतिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरपालिकाको उप प्रमुखमा बिजयी भै पहिलो ईतिहास रच्ने पहिलो नेपाली मूलका किरण सिटौला हुन् भने भुटानी समुदायको तर्फबाट भुवन प्याकुरेलले पहिलो खाता खोली सकेका छन् ।

प्याकुरेल नेपाली मूलका हुन् भने ईतिहास रच्दै बने ओहायोका नगर-परिषद सदस्यमा निर्वाचित भएका थिए । यसै गरि अमेरिकाको ईतिहासमा मेरिल्याण्ड बिधान सभाका लागि बिधान सभा सदस्य(सांसद )मा निर्वाचित हुदै ईतिहास रच्ने ह्यारी भण्डारी पहिलो नेपाली मूलका हुन् ।

यसै गरि भर्जिनियाको हे मार्केट (शहर) मा नगर परिषद सदस्यमा निर्वाचित मधु पन्थी तथा भर्जिनिया कै हर्नडन शहरमा नगर परिसद सदस्यमा बिजयी हुने प्रदिप ढकाल हुन् ।

हाल सम्म नेपाली मूलका नव निर्वाचित पौडेललाई समेत जोड्दा अमेरिकामा सार्वजनिक पदमा निर्वाचनमा होमिएर बिजयी हुने ६ जना भएका छन् । जस्मा ४ जना नगर परिसद सदस्य बिजयी भएको देखिन्छ ।

तस्बिर :विकास राज न्यौपाने

 

प्रतिक्रिया