आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:५८
वासिङटन डिसी 17:13

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८६.३ प्रतिशत र पूर्ण खोप ७५.४ प्रतिशत

दुई हप्तामा मृत्यु दर २८ तथा अस्पताल भर्ना हुने दरमा २० प्रतिशत न्यून

इनेप्लिज २०७८ जेठ २३ गते ११:१७ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १४ हजार १ सय २३ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट ४ सय १८ जनाको मृत्यु भएको छ ।

गत शनिबार जुन ५ का दिन २४ घण्टामा उक्त तथ्यांक सिडिसी/ न्यूयोर्क टाइम्सले जनाएका छन् । अमेरिकामा हाल सम्म २ करोड ८१ लाख ३ हजार ४ सय ९१ जनाले कोरोना भाइरसलाई जितेका छन् । अर्थात् निको भएर घर फर्केका छन् ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा ४५ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९६ हजार ९ सय ९६ जनाको निधन भएको छ भने दुई हप्तामा २८ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा २३ हजार ६ सय ६५ जना अस्पतालमा कोरोना समक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २० प्रतिशतले घटेको छ ।

गत जुन ५ का दिन अमेरिकामा ८ लाख ३९ हजार ९७ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले आइतबार बिहान जुन ६ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३३ लाख ६३ हजार ३ सय २२ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५१ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६३.४ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा १२ प्रतिशत माथि रहेका जन संख्यामा १७ करोड १ लाख ८ सय ८१ जनाले कम्तिमा एक खोप लगाई सकेका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८६.३ प्रतिशत र पूर्ण खोप ७५.४ प्रतिशत दिइएको छ

प्रतिक्रिया