युवा सामाजिक अभियन्ताद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

मनोज दाहाल २०७८ जेठ २३ गते ६:१८ मा प्रकाशित


मोरङ,२३ जेठ (रासस):निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन्।

म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६ ले विराटनगर–११ का दुई सय जना घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ।

मनोज साह,टिकामान कार्की,विजय साह,विमल पोखरेल र सरोज श्रेष्ठले भोको पेट वस्नु परेका समस्यामा परेकाहरुलाई दुई दिनको अवधिमा १३ केजी चामल, खानेतेल,नुन,दाल लगायतको खाद्य सामग्री घर–घरमा गै वितरण गरिएको छ।

निषेधाज्ञाको समयावधि थप भएमा आगामी दिनमा अन्यलाई पनि खाद्यान्न सहयोग गर्ने सामाजिक अभियान्ता मनोज साहले बताउनु भयो।

मनोज दाहाल

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया