आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:५३
वासिङटन डिसी 16:08

मेरिल्याण्डमा एका बिहानै गोली चल्दा गाडी भित्र बसेको मानिसको मृत्यु,संदिग्धको खोजी जारी

इनेप्लिज २०७८ जेठ २२ गते १७:२१ मा प्रकाशित

मेरिल्याण्डमा एका बिहानै गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । प्रिन्स जर्ज काउन्टीका प्रहरीका नुसार संदिग्धको खोजी जारी राखेको बताएका छन ।

प्रिन्स जर्ज काउन्टीको टेम्पल हिल भन्ने ठाउँमा शनिबार बिहान २:४० बजे भएको थियो ।

उक्त घटना पछि प्रहरीलाइ खबर गरिएको थियो । प्रहरीका अनुसार स्टाम्प सडक नजिक रहेको ५००० भवन समूहको बीच प्लेस भन्ने ठाउँमा गोलीबारी चलेको थियो ।

पीडितलाई कैयौ पटक गोली हानिएको थियो भने उनलाई घटना स्थलमै मृत्यु घोषित गरिएको प्रहरीले बताएको समाचार डब्लुटिओपी डटकमले लेखेको छ ।

प्रतिक्रिया