मिलन खड्काको निर्देशनमा बनेको बादल थापाको “धुरूरू” सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७८ जेठ २२ गते १६:३५ मा प्रकाशित

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ।लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ।

मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ।प्रेमिकाको वियोग,याद र चिनो सबै कुराको मिसावटमा बनेको यो गीत साँच्चै नै मार्मिक छ।

चक्र बहादुर बरालले खिचेका यो गीतको सम्पादन हिम सागर बामले गरेका हुन्।यो गीतको सहायक निर्देशन पनि हीम सागर बामले नै गरेका हुन्।

यो भिडियो तलको लिंक मार्फत हेर्न सकिनेछ :

प्रतिक्रिया