अन्तर्राष्ट्रिय स्वरूपको भाषा तथा साहित्य समिति घोषणा र तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ जेठ २२ गते १६:१९ मा प्रकाशित

रौतहट-जहिल्यै पनि नेपालका लागि,जहाँ पनि नेपालीका लागि भन्ने मूल ध्येय रहेको अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत गठित भाषा तथा साहित्य समितिको औपचारिक घोषणा तथा शपथ ग्रहण कार्यक्रम भर्चुअल प्रविधिबाट सम्पन्न भएको छ।

समाजको अन्तर्राष्ट्रिय समिति अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तुलसी भट्टराईले अन्तर्राष्ट्रिय भाषा तथा साहित्य समितिको घोषणा गरेका छन्।

नवघोषित समितिको अध्यक्षमा काठमाडौँका डा.जानुका नेपाल पौडेल रहनु भएको छ।

यसै गरी समितिको वरिष्ठ उपाध्यक्षमा गुल्मी घर भई क्यानडामा रहनुभएका रोमकान्त सापकोटा तथा उपाध्यक्षमा काठमाडौँका नारायण दत्त पौडेल,गण्डकी प्रदेशका डा.दिनेश घिमिरे,बागमती प्रदेशबाट डा.शर्मिला पोखरेल,शेषकान्त पण्डित,दाङ घर भई न्युजील्यान्डमा रहनुभएका डा.वीरेन्द्र केसी,जापानमा रहनुभएका विन्दा पराजुली,कृष्ण विश्वकर्मा, प्रदेश दुईबाट प्रमोदकुमार पाण्डे रहनुभएको घोषणा गरिएको छ।

समितिको महासचिवमा गण्डकी प्रदेश पोखराका डा. चैतन्य अधिकारी तथा सहमहासचिवमा बागमती प्रदेश काभ्रेका डा.महालक्ष्मी अधिकारी रहनुभएको छ ।

समितिको सचिवमा आरसी संकल्प,प्रदेश एकको खोटाङकी सीता थुलुङ, प्रदेश दुईबाट रौतहटका सञ्जय साह मित्र,गण्डकी प्रदेशको गुल्मीकी दीक्षा भण्डारी रहनुभएको छ।

समितिको कोषाध्यक्षमा रबिना महर्जन तथा सहकोषाध्यक्षमा सर्लाही घर भई पोर्चुगलमा रहनुभएका अरुणकुमार भेटवाल र मनोनीत प्रवक्तामा अजित क्षेत्री रहनु भएको घोषणा गरिएको छ।

समितिको सदस्यमा भावना न्यौपाने,राजेन्द्र श्रेष्ठ, शोभा दाहाल, बाबुराम न्यौपाने,रबीन श्रीपाली,केबी पारखी,शरद पोखरेल,मनु नेपाल,सुदामा कृष्ण सुवेदी,रामप्रसाद साह,विजयदत्त मणि,प्रतिमा केसी,रमा भट्राई,प्रभा पन्त,दीक्षा सापकोटा,उज्ज्वल भट्टराई, तेजबहादुर गुरुङ,पूनम पाण्डे, कुमारी कमला राई, कृष्णकुमारी शर्मा,कल्पना तामाङ,प्रियंका पाण्डे,विष्णुमाया विभु,हीरा घिमिरे तथा वैद्यनाथ ठाकुर रहनुभएको घोषणा गरिएको छ।

समितिको घोषणा गर्दै डा. भट्टराईले भाषा तथा साहित्य समितिको आवश्यकता विश्वव्यापी रूपमा नै रहेको बताउनु भएको छ।

पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै भाषा तथा साहित्य समिति अध्यक्ष डा. जानुका नेपाल पौडेलले यो समिति केवल समितिको लागि नभई काम गर्ने समिति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।सम्भव भएसम्म समितिको विस्तार विभिन्न देश,प्रदेश तथा जिल्लाहरूमा विस्तार गर्दै भाषा र साहित्यसित सम्बन्धित राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवसहरू मनाउने घोषणा गर्नुभएको छ।यसै गरी भाषा र साहित्यको क्षेत्रमा निरन्तर विभिन्न कामहरू सल्लाह गरेर गर्दै जाने पनि अध्यक्ष डा. पौडेलले बताउनु भएको छ।

विभिन्न देश र नेपालका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा मूल संस्था अन्तर्राष्ट्रिय नेपाली समाजका विभिन्न पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

समितिको घोषणापछि विभिन्न स्रष्टाहरूले सिर्जनावाचन पनि गर्नु भएको थियो भने विभिन्न क्षेत्रबाट नवघोषित समितिको सफलताको शुभकामना पनि व्यक्त गरिएको थियो।

प्रतिक्रिया