बुधबार, असार ९ २०७८
काठमाडौं २३:०३
वासिङटन डिसी 13:18

अमेरिकाको डेल्टा हवाई जहाजमा एक यात्रीले बिमान चालक कक्ष भित्र प्रवेश गर्न खोज्दा आकस्मिक अवतरण

इनेप्लिज २०७८ जेठ २२ गते १३:१८ मा प्रकाशित

अमेरिकाको डेल्टा हवाई जहाजमा एक यात्रीले बिमान चालक कक्ष (ककपिट )भित्र प्रवेश गर्न खोज्दा आकस्मिक अवतरण गर्नु परेको छ ।

उक्त हवाई जहाज लस एन्जेलस देखि न्याशभिल (टेनेसी)अवतरण गर्नु पर्नेमा आकस्मिक रूपमा अमेरिकाको न्यू मेक्सिको अल्बूकर्कीमा अवतरण गर्यो भनि डेल्टाले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

ककपिट(बिमान चालक कक्ष )मा कसैले पनि प्रवेश नगरेको जनाउदै उक्त व्यक्तिले त्यहा जान प्रयास गरेका थिए भनि विमानलाई आपतकालिन अवतरण गर्न बाध्य पारियो भनिएको छ । उक्त समयमा अन्य यात्रीहरूलाई निकै खतरा रहेको सामाजिक संजाल ट्वीटर मार्फत एफबिआईले जनाएको छ ।

उडानको क्रममा एक यात्रुले सीएनएनसँग कुरा गर्दै भने, “यो मानिस निरुद्देश्य त्यहा देखियो र उ उठेर बिमान चालकको सानो कोठामा दगुरे र ढोकामा हिर्काउन थाले ।”

उक्त मान्छेलाई अर्को यात्रीले तुरुन्तै पछारेर उनलाई केबिन बिमानका सहयोगीहरुले सहयोग गरेका थिए । उनलाई लगभग २० मिनेटसम्म अल्बुकर्की अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण नहुन्जेल त्यहा राखेका थिए ।

डेल्टाले विज्ञप्तिमा मार्फत उक्त यात्रीले ठूलो सहयोग गरेकोमा धन्यबाद दिएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

प्रतिक्रिया