मंगलबार, असार ८ २०७८
काठमाडौं १६:५९
वासिङटन डिसी 07:14

अमेरिकामा २ करोड ८० लाखले कोरोना जिते ,मृत्यु दर ३० प्रतिसत र संक्रमित दर ४७ प्रतिसत न्यून

इनेप्लिज २०७८ जेठ २२ गते ११:४६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १४ हजार २ सय ७२ जना संक्रमित भएका छन् । यसैगरी कोरोना भाइरसबाट ४ सय १४ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार जुन ४ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा हाल सम्म २ करोड ८० लाख ५४ हाजर ९ सय ९५ ले कोरोना भाइरसलाई जितेका छन् ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा बिगत दुई हप्तामा ४७ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९६ हजार ४ सय ८३ जनाको निधन भएको छ भने दुई हप्तामा ३० प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा २३ हजार ८ सय ४७ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ ।

गत जुन ४ का दिन अमेरिकामा ८ लाख ३९ हजार९७ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले शनिबार बिहान जुन ५ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३३ लाख ५२ हजार ८ सय ८५ रहेको छ । अमेरिकामा कूल २९ करोड ९१ लाख २० हजार ५ सय २२ जनाले कम्तीमा एक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया