गजल

- युवराज भण्डारी २०७८ जेठ २२ गते ९:५३ मा प्रकाशित

कहाँ अवसर पनि योग्यता अनुसार आउँछ

पहुँच हुनेलाई मात्र मौका बारम्बार आउँछ

 

हामी सबैले मिलेर राम्रो तयारी गरी राखौं

हर शताब्दीमा एक नयाँ अन्धकार आउँछ

 

सत्ता सोच्नुहोस् र नैनिकता पूरै बिर्सनुहोस्

अयोग्यको प्रथम सूचीमा इमानदार आउँछ

 

गुणस्तर बृद्धि जनताले चाहेर हुने होइन

सरकार प्रतिबद्ध भए मात्र सुधार आउँछ

 

खुसी छन् झुपडीमा महलको सपना देख्ने

महलमा बस्नेको गुनासो लगातार आउँछ

 

– युवराज भण्डारी

डुम्रिबेसी,तनहुँ

हाल: मन्ट्रियल, क्यानडा

प्रतिक्रिया