शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:५८
वासिङटन डिसी 07:13

नाइजेरियाका राष्ट्रपतिद्वारा सामाजिक संजाल ट्वीटर माथि अनिश्चितकालिन प्रतिबन्ध

इनेप्लिज २०७८ जेठ २२ गते २:०० मा प्रकाशित

नाइजेरियाका राष्ट्रपतिले सामाजिक संजाल ट्वीटर माथि अनिश्चित कालिन प्रतिबन्ध लगाएका छन् । उनले सामाजिक संजालमा प्रकाशन गरेकोलाई ट्वीटरले हटाए पछि रिसले प्रतिबन्ध ठोकेका हुन् ।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले गरेको ट्वीटलाई हटाए पछि उक्त घटना भएको हो ।

सूचना तथा संस्कृति मन्त्री आल्हाजी लाइ मोहम्मदले “नाइजेरियाको संस्थाको अस्तित्वलाई बिगार्न सक्ने क्षमता भएका गतिविधिहरूका लागि मंचको लगातार प्रयोगले साइट (कार्यस्थल)बन्द गरिएको कारण बताएका छन् ।

उक्त विज्ञप्तिमा बुधवार बुहारीको ट्वीट मेटाउने ट्वीटरको निर्णयको उल्लेख गरिएको छैन भनि युपीआई ले उल्लेख गरेको छ ।

प्रतिक्रिया