बुधबार, असार ९ २०७८
काठमाडौं ०५:२२
वासिङटन डिसी 19:37

अमेरिकी हुलाकका डाक वाहकलाई हात बाँधी लुट्ने दुई जनालाई सूचना दिनेलाई ५० हजार डलर

इनेप्लिज २०७८ जेठ २२ गते १:१७ मा प्रकाशित

वाशिंगटन डिसी स्थित अमेरिकी हुलाक सेवाका कर्मचारी डाक वाहकलाई हात बाँधी लुट्ने दुई जनालाई सूचना दिनेलाई ५० हजार डलर इनाम तोकेको छ । चोरी डकैत गर्ने क्रममा उनीहरुले मेल क्यारियर अर्थात् डाक बाहकलाई पाता कसेका थिए । अमेरिकाको डाक निरीक्षण सेवाले यस हप्ताको सुरुमा वाशिंगटन डिसीमा उक्त घटना भएको जनाउँदै पुरस्कारको व्यवस्था गरेको जनाएको छ ।

विभागले एक प्रतिवेदनमा अमेरिकी हुलाकी सेवा कर्मचारी आफ्नो मालबाहक गाडी (ट्रक)बाट मेल(डाक) प्राप्त गर्दै गर्दा दुई जना संदिग्धले पैसा माग्दै अघिल्लो डिब्बामा चढेका थिए। ।

जब पीडितले आफूसँग केही नभएको कुरा भने पछि एक जना संदिग्ध व्यक्तिले उनलाई पेटमा हिर्काएका थिए र पाता कसेका थिए ।

उनीहरूले मुद्रा थैली (पर्स)लिएर फरार भए भने पीडितले उनीहरू चाँदीको मर्सिडीज बेन्ज गाडीमा गएका थिए भनि एबिसी७ ले समाचार लेखेको छ ।

प्रहरीले शुक्रवार विज्ञप्ति जारी गर्दै अमेरिकी हुलाक निरीक्षण सेवाले उक्त डकैतीमा संलग्न संदिग्ध व्यक्तिको नयाँ तस्बिरहरु सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया