चिट्ठी

डा बुनु दाहाल २०७८ जेठ २१ गते २३:०० मा प्रकाशित

प्रिय,

निःशब्द छु,
औलाहरू काँपेका छन्
तर पनि ,म विवश छु तिमीलाई पत्राचार गर्न ,
तिमी त ! सात समुन्द्र पारी छौ
न देखन, न भेट्न न त स्पर्श गर्न नै सक्छु
तर पनि ,
आज म तिमीलाई प्रेम पत्र लेख्न गै रहेछु
अनायास तप्प तप्प आँखाबाट आँशु आउछ
आँशुको थोपाले कागज छपक्क भिजेको छ
मुटुमा कम्पन आँउछ. मन आत्तिएको छ
अनि विवश र विचलित अवस्थामा छु!

म सानो छँदा ,म हुर्केको गाउँ
जँहा,एउटा पशु पन्छी
भक्क निर्जीव बनि
भुइमा लड्दा निर्जल र निरिह बनि
केवल भाबुक बन्थे त्यो बेला !
तर पनि, उत्साहका साथ स्कूल जान्थे
त्यहाँको माहोल अर्कै हुन्थ्यो
तैपनि आँखा भरि आँसु र मुटु भरि मायाँ
ती जनावर र पशु पंक्षी प्रति !

प्रिय ,
यसरी विभिन्न समय परिवेश र
काल खण्डको परिवर्तन सँगै
जीवन रूपी यात्रा गर्दै जाँदा
अट्टहास र निरस छ जीवन !

तिमी पनि जानिफकार छौं
कोरोना के हो ?
यो कँहावाट आयो ? र यसको अन्त्य कहिले ?
सर्बत्र अन्यौल नै अन्यौल !
एक पछि अर्को गर्दै चिन जान साथीभाई अनि
नाता गोता भौतिक रूपमा अवसान र बिदा भै सके
यो परिवेशले भाव विह्वल !
आँसु सुकी सकेका छन्
सहानुभूतिका दुई शब्द बाहेक अरू केही छैन !!

न त कुनै भेट घाट, न त कुनै औपचारिकता
अचम्मित,भयभीत , निःशब्द र निर्लज्ज छु

प्रिय ,
छोरा छोरी र आफन्त चाहिन्छ भन्ने
हाम्रो संस्कार संस्कृति र परम्परा
फिक्का फिक्का र निरर्थक लाग्छ आज भोलि

छुन हेर्न र सम्हाल्न त धेरै परको कुरा
चासो लिन र सोध खोज सम्म गर्न पनि कठिन !
बाँच्दाको जन्ती र मर्दाको मलामी भन्ने
उखान आसमयिक र असान्दर्भिक भएको छ !!

मलामी देखि सलामी सम्म अनि
दागबत्ती देखि खाग बात्ति सम्म नै सेनाबाट
देख्दा र सुन्दा पनि अचम्म र आश्चर्य लाग्छ
तर पनि निरीह र निःशब्द परिवेश !

शाश्वत सत्य हो, ढिलो छिटो मात्र न हो !
हामी सबैको बाटो त त्यही!
तर ,जहिले सम्म रहिन्छ
उत्साह निर्भय र निर्भीक साथ रहू
अहिले लाई यत्ति !! बाँकी अर्को पत्रमा !!
आजलाई बिदा !! आजलाई बिदा!!!

प्रतिक्रिया