मंगलबार, असार ८ २०७८
काठमाडौं ०६:१८
वासिङटन डिसी 20:33

न्युयोर्क शहरमा टिएलसी/ ट्याक्सी ड्राईभरहरुलाई खुशीको खबर अब छिट्टै आउने

इनेप्लिज २०७८ जेठ २१ गते २१:५३ मा प्रकाशित

 

३ जुन २०२१,न्युयोर्क अमेरीका:न्युयोर्क र आसपासमा रहेका ट्याक्सी,उवर र लिफ्ट ड्राइभरहरूको आम समस्यालाई लिएर न्युयोर्कमा रहेको दक्षिण एशियाई अमेरिकी श्रम संगठनको संयोजनमा न्युयोर्क स्टेट सिनेटर डायान सविनो समेतको सहभागितामा एक वृहत् जुम भिडीयो छलफल आयोजना गरियो।

सो कार्यक्रममा असालका केन्द्रीय अध्यक्ष माफ मिस्वा उद्दिन,महासचिव मोहम्मद करीम चौधरी,वरिष्ठ अधिवक्ता अलि नज्मी,जीपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरे लगायत दक्षिण एशियाली मूलका चालक पेशाकर्मीहरूको प्रतिनिधित्व गर्दै विभिन्न पेशाकर्मी महानुभावहरूले आ-आफ्नो पेशागत पीडा र अनुभवहरू प्रस्तुत गर्नुभयो।

सो कार्यक्रममा वोल्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले सम्पूर्ण ड्राईभर र पेशाकर्मीको सुरक्षा र पेशागत हक र अधिकारको पक्षमा कानुन वन्नु पर्नेमा जोड दिनुभयो।

फाउन्डेशनका केन्द्रीय सदस्य एवं पेशाकर्मी ध्रुव कुँवर क्षेत्रीले पछिल्ला दिनहरूमा ड्राईभरहरू पिडीत वन्दै गएको,एकतर्फी रूपमा एप्लीकेशन डिएक्टीभ गरीएको,कुनै रिभ्युको आधारमा मात्र ड्राइभरहरूलाई विना सुनुवाई पेशावाटै वंचित गरिंदा उनीहरूको जीवीकोपार्जनमा कठीनाई परेको,कतिपय अवस्थामा ड्राईभर हरूमाथी हातपात र कुटपीट समेत हुँदा उनीहरूले उचित न्याय र क्षतिपूर्ति समेत नपाएको पीडा सिनेटर समक्ष प्रस्तुत गर्नुभयो।

वहाँको पीडा सुनेपछी अध्यक्ष माफ मिस्वाले सो को उचित सुनुवाइको लागी सिनेटर समक्ष ध्यानाकर्षण गराउनुभयो। सिनेटर डायान सविनोले क्षेत्रीको पीडालाई विशेष सम्वोधन गर्दै पेशागत ड्राईभरहरूको हकहितमा आफु लागिपर्ने र उनीहरूको पेशागत सुरक्षाका लागी उचित कानुन ल्याउन आफू लागि पर्नेमा जोड दिनुभयो।

सो कार्यक्रममा वोल्दै फाउन्डेशनका केन्द्रीय सदस्य प्रेम क्षेत्री अधिकारीले आफू लगायत हजारौं पेशाकर्मी उचित कानुन वन्न नसक्दा पिडीत भएको र सोको यथाशीघ्र सुनुवाई होस् भनी अपिल गर्नु भयो भने सोमनाथ घिमीरे एएसएएएल ज्याक्सन हाईट्स च्याप्टरको अध्यक्ष, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुँवर क्षेत्री सदस्य हुनुहुन्छ।

कार्यक्रमका संयोजक एवं एएसएएएल का अध्यक्षले सहभागी सबैलाई धन्यवाद दिँदै आफ्नो संस्थाले सधैं मजदुर र पेशाकर्मीको न्यायको पक्षमा आवाज वुलन्द गर्नेमा विश्वास दिलाउनु भयो।

http://www.ASAAL.org

 

प्रतिक्रिया