दरवार ह त्याकाण्ड पछी कहाँ छन बिरेन्द्रका दुइ नातीनिहरु ? गुमनाम किन छन ? खुल्यो रहस्य (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७८ जेठ २१ गते ६:२७ मा प्रकाशित

लोकप्रिय राजा वीरेन्द्रका नातिनी गिर्वाणी र सुरंगनालाई धेरैले खोजिरहेका छन् तर उनीहरु अहिलेसम्म औपचारिकरुपमा सञ्चारमाध्यममा सार्वजनिक भएका छैनन्।सञ्चारमाध्यममा मात्रै होइन औपचारिक कार्यक्रममा समेत कमै मात्रै देखिने गरेका छन् उनीहरु।सामाजिक सञ्जाल र सर्च इन्जिनमा समेत उनीहरुको गतिविधि पाउन मुस्किल छ।

उनीहरु कहाँ के गरिरहेका छन् भन्ने विषयमा पारिवारका अत्यन्त नजिकका आफन्त बाहेक अरु कसैलाई थाहा छैन।जसलाई उनीहरुका बारेमा थाहा छ,उनीहरु यस विषयमा बोल्न चाहदैनन्।पूर्व युवराज पारस शाहका छोराछोरीहरु सामाजिक सञ्जालमा भाइरल भईरहँदा गिर्वाणी र सुरंगना भने कुन दुनियाँमा छन् धेरैलाई थाहै छैन।

गिर्वाणी र सुरंगनाले ललितपुरको लगनखेलस्थित सेन्ट मेरिज स्कुलमा प्राइमरी तहको अध्ययन गरेका हुन्।त्यसपछि पिता गोरख शमशेर राणाले उनीहरुलाई थप अध्ययनका लागि छिमेकी मुलुक भारत लगेका थिए।उनीहरुलाई देहरादुनस्थित वेलह्याम्पस स्कुल भर्ना गरिदिएका थिए।गिर्वाणीले सोही स्कुलबाट गृह विज्ञानमा प्लस टु उत्तिर्ण गरेको बताइन्छ भने सुरंगनाले पनि सोही स्कुलबाट प्सल टु उत्तिर्ण गरिसकेकी छिन्।स्रोतका अनुसार गिर्वाणी र सुरंगना अहिले उच्च शिक्षाका लागि बैङ्लोरमा छन्।

प्रतिक्रिया