प्रदेश नं १ का प्रदेश प्रमुख ‘प्यासी’द्वारा प्रदेश सभाको आठौं अधिवेशन आव्हान

इनेप्लिज २०७८ जेठ २० गते २२:०५ मा प्रकाशित

विराटनगर,२० जेठ।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’द्वारा प्रदेश नं १ प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे वैठकको लागि आज आव्हान गर्नु भएको छ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ वमोजिम जेठ २४ गते सोमवार दिनको दुई बजे अधिवेशनको आव्हान गर्नु भएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिनु भएको छ।

विज्ञप्तिमा प्रदेश सरकार मन्त्रिपरिषदको जेठ २० गतेको सिफरिस अनुसार वैठकको आव्हान गरिएको सवैको जानकारीका लागि उल्लेख गरिएको छ।

प्रतिक्रिया