सडक छेउमा सानो छाप्रो, उमेरले करिब ९० पुग्न लाएकी एक बृद्ध आमा।आगो र चर्को घाममा पसिनै पसिना भएर मकै पोलिरहेकी छन्।यीनी हुन् सारा क्षेत्री। चारैतिर लकडान छ।घामबाट मात्र बच्नको लागी यो सानो ओझेल पारेर सडकको छेउमा तातो घाममा आगोसंगै खेल्दै उनका दिन बित्छन्।साराको साहारा कोही छैनन्।जिवनभर साथ दिने बाचा गरेका श्रीमान समेत १२ बर्ष अगाडी बिते भएका छोराछोरीले समेत छोडेर गए।गहभर आँसु पार्दै साराले आफ्ना बितेका श्रीमान याद गर्छिन्।उनका छोराहरु बाबुको क्रिया गर्न समेत आएनन्।अहिले छोरासंग भेट नभएको ६ बर्ष भयो।उनी पोखराको एक सडक छोउमा मकै पोलेर आफ्नो जिन्दगी काटिरहेकी छन्।
सारा क्षेत्रीको घर पूर्व भोजपुर रहेछ।उनका बाबु भारतको कोलकत्ता बस्ने हुँदा उनी पनि कोलकत्तामै बसिन्।सानै उमेरमा बाबुको मृत्यूपछि उनी टुहुरो भईन् नेपाली दाजुभाईहरुले उनलाई पाले।अहिले पनि उनी आफ्नो बाबुआमा धेरै भएको सम्झछिन्।उनि भोजपुरबाट पोखरा आएको ३६ बर्ष भयो।बाबु छदा छोराहरु पनि थिए तर बाबुको मृत्युपछि छोराहरु कता गए गए।सम्पर्कमै छैनन् उनी भन्छिन्।उनको दिनचर्या दिउँसो सडक छेउमा बसेर मकै पोल्दै आएका ग्राहकहरुसंग गफ गर्दैमा बित्छ।
प्रतिक्रिया