कोरोना सङ्क्रमणबाट गएको २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु

इनेप्लिज २०७८ जेठ १९ गते २२:०३ मा प्रकाशित

विराटनगर,१९ जेठ।प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ।प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितकोे उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेको मन्त्रालयले जनाएको छ।मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच,सुनसरीका तीन,धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना,कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनःतीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइशोलेसनमा दुईःदुई जना र होम आइसोलेनसमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

 

प्रतिक्रिया