बेलायतमा १५ महिनापछि पहिलोपटक कोरोनाबाट ‘मृत्यु’ शून्य

इनेप्लिज २०७८ जेठ १९ गते १५:२० मा प्रकाशित

सन् २०२० मार्चयता पहिलोपटक बेलायतमा पहिलोपटक कोरोना संक्रमणबाट कसैको ज्यान नगएको तथ्यांक सार्वजनिक भएको छ।

बेलायतमा हिजो मंगलबार पहिलोपटक कोरोना संक्रमणबाट कसैको ज्यान नगएको त्यहाँका अधिकारीहरुले घोषणा गरेका हुन्। बेलायतले सार्वजनिक गरेको पछिल्लो २८ घन्टा दिनको तथ्यांकअनुसार यस्तो देखिएको हो।

हिजो मंगलबार बेलायतमा एकैदिन ३ हजार १६५ जना कोरोना पुष्टि भएको छ। गत सोमबार भने बेलायतमा ३ हजार ३८३ संक्रमित भएका थिए। अघिल्लो
बेलायतमा पछिल्लो एक सातायता मृत्युदर घट्दै गइरहेको त्यहाँको तथ्यांकले देखाएको छ। संक्रमण दर घटनुमा सप्ताहन्तमा बैंक तथा वित्तीय संस्था बन्द रहँदा संक्रमितको संख्या कम हुनु नै रहेको अधिकारीहरु बताउँछन्।

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले मंगलबार कोरोनाबाट एकजनाको पनि मृत्यु नहुनु देशकै लागि खुखद् खबर रहेको बताउँछन्। ‘यसको मतलब खोपले प्रभावकारी ढंगले काम गरिरहेको बुझिन्छ’, उनले भने, ‘खोपले तपाइँ र तपाइँ आफन्जन र साथीभाइलाई सुरक्षा प्रदान गरिरहेको भन्ने बुझ्नुपर्छ।’

यद्यपि यो सुखद् समाचारले केही आत्मबल मिले पनि कोरोनाविरुद्ध लडाइँ भने अझै जित्न बाँकी नै रहेको ह्यानकक बताउँछन्। ‘त्यसैले स्वास्थ्य मापदण्डलाई अझै पनि पालना गरौँ’, उनले भने।

बेलायतका जनस्वास्थ्य मेडेकिल निर्देशक डा योभनने ड्योले मृत्यु शून्यको तथ्यांकले थप हौसला मिलेको बताउँछन्। ‘यद्यपि म आमसर्वसाधारणलाई खोप लगाउन आग्रह गर्छु किनकि संक्रमण दर अझै सोचेअनुरुप घटिसकेको छैन’, उनले भने।

प्रतिक्रिया