ठेकेदारको चरम लार्पवाहीका कारण बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य चुरेबासी

वीरेन्द्र रावल २०७८ जेठ १८ गते २१:४३ मा प्रकाशित

वीरेन्द्र रावल-धनगढी,जेठ १८÷ निर्माण कम्पनीको चरम लार्पवाहीका कारण छ बर्ष विति सक्दा पनि चुरे गाउँपालीका वडानम्बर १ स्थित तल्लो भेगका जनताले विजुली बत्ति बाल्न बाट बन्चित भएका छन्।

३.३३ मेगावाट क्षमता भएको कापडी गाड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको तीन वर्ष भइसक्दा पनि चुरे १ का जनता बत्तीमूनिको अँध्यारो भनेझै अँध्यारोमा बस्न बाध्य छन्।

कैलालीको दुर्गम चुरे गाउँपालिका वडा नम्वर १ का किम्तोला,मिलनपुर, आमसेरा,अलाड,ओजेना,घरखेडा,शैलेग,पालडी,पखिर,निगाली,बबेडबासी बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य भएका छन।

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको बत्ती केन्द्रीय प्रसारण लाइन अत्तरियामा जोडिएको छ। केन्द्रीय प्रसारण लाइनमा जोडिएको बत्ती चुरे १ का जनताको खेतीयोग्य जमिन हुँदै लगिएको छ।उज्यालोमा बस्न पाइने भयो भनेर स्थानीयले खेतीयोग्य जमिन नासेर बत्तीको पोल विस्तार गर्न दिए।बत्तीको पोल पनि बिस्तार भयो, तार पनि तानियो,बत्ती पनि छोडियो र केन्द्रीय प्रसारण लाइन अत्तरियामा जोडियो।तर, स्थानीय भने बत्ती बाल्न पाइन्छ भन्ने आशै छन।

नेपाल विधुत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना माता तीर्था,काठमाडौं मार्फत आयोजना बनेको क्षेत्रका स्थानीयहरुले बत्ती बाल्न पाउनु पर्छ भनी छ वर्ष पहिले पोल र तरालाइन विस्तारका लागि वीपीनगर सवस्टेशनबाट टेण्डर आह्वान गर्यो।र टेण्डर ए टु जेड इन्फास्ट्रक्चर इन्डिया एलटिडीले ठेक्का पायो।

काम गर्न ठेक्का पाएको टेण्डर ए टु जेड इन्फास्ट्रक्चर इन्डिया एलटिडीले नेपालको त्रिपुरेश्वर जपडगैलाई पेटी ठेक्का मार्फत काम दियो।तर काम गर्न पेटी ठेक्का लिएको उक्त कम्पनीले ठेक्का सम्झौता भएको छ वर्ष भएसक्दा पनि अहिलेसम्म काम नगरेको चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले बताउनु भयो।उहाँले भन्नुभयो,कापडी गाड जलविधिुत आयोजना निर्माण सम्पन्न भइसकेपछि सो आयोजना निर्माणबाट प्रभावित क्षेत्रका जनता र आसपासका स्थानीय जनताले ११ केबीको बिजुली बत्ती बाल्न पाउने सम्झौतासंगै निर्माण कम्पनीले प्रभावित क्षेत्र चुरे गाउँपालिका वडा नम्बर १ को चोट्टेदेखि मिलनपुरसम्मका जनताले बत्ती बाल्न पाउने गरी पोल र तारलाइन विस्तार गर्नुपर्ने छ।’

वडा अध्यक्ष बोहाले आयोजनाको निर्माण सम्पन्न भएको तीन वर्ष भइसक्दापनि स्थानीयले बत्ती बाल्न पाउने गरी सम्झौता भएको पोल र तारलाइन विस्तारको काम अहिलेसम्म नहुँदा चुरेबासीहरु बत्तीमूनीको अध्याँरोमा बस्न बाध्य भएको बताउनु भयो।उहाँले भन्नुभयो, ‘सम्झौता अनुसारको पोल र तारलाइन विस्तारका लागि पटक पटक निर्माण कम्पनी र विधुत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना कार्यालयलाई दवाब दिदा पनि कुनै चाँसो देखाएको छैन ।
तीन वर्ष भइसक्दा पनि बत्ती बाल्न नपाएपछि स्थानीयहरुले गत चैत्र महिनामा वीपीनगर सवस्टेशन घेराउ गरेको वडा अध्यक्ष बोहरा बताउनु भयो।उहाँले भन्नुभयो,कार्यालय घेराउ गर्दा चाँडो काम गर्ने भनेको निर्माण कम्पनीले तीन महिना भइसक्दा पनि काम गर्ने कुनै सुरसार गरेको छैन।उहाँले यदि निर्माण कम्पनीले सम्झौता अनुसारको काम नगरे बत्ती बाल्नका लागि स्थानीयहरु शसक्त रुपमा आन्दोलनमा उत्रिने बताउनु भयो।

यदि निर्माण कम्पनीले काम गर्दैन भने सरोकारवाला निकाय विधुत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजनाले यात काम गर्ने जिम्मा हामीलाई दिनु पर्यो होइन भने अर्को टेण्डर आह्वान गर्नुपर्ने माग स्थानीयहरुको रहेको उहाँले बताउनु भयो।

वडा अध्यक्ष बोहराले स्थानीय स्तरमा ठूलो जलविधुत् आयोजना निर्माण भएकाले वडालाई विधुतिकरण गर्ने उद्देश्यले सहकारी विधुत् मार्फत् सबै वडाका सबै ठाउँमा पोल र तारलाइन विस्तार गरिएको बताउनु भयो।उहाँले सामुदायिक ग्रामिण विधुतिकरण विभाग चुरेको वडा नम्बर १ मा विधुत विस्तार गर्नका लागि निगाली सहकारी विधुतमार्फत टेण्डर गरेर बताउनु भयो।उहाँले निगाली विधुत सहकारी संस्थाको १० प्रतिशत र सामुदायिक ग्रामिण विधुतिकरण विभागको ९० प्रतिशत लगानीमा वडाको घरखेडा,अलाड,घोडेथर,ओजेना,दिगडा,डुप्केखाली, पालडी,पखिर,निगाली र जिरेतोलासम्म पोल र तारलाइन बिस्तार गरिएको जानकारी दिनुभयो।उहाँले भन्नुभयो,‘निगाली विधुत सहकारी संस्था र सामुदायिक ग्रामिण विधुतिकरण विभागको तीन करोड ३७ लाख लगानीमा पोल र तारलाइन विस्तार गरिएको छ।’तर निर्माण कम्पनीले आयोजना प्रभावित क्षेत्रमा पोल र तारलाइन विस्तार नगर्दा बत्ती बाल समस्या भएको हो।

स्थानीय र वडा कार्यालयको दवाव पछि दुई किलोमिटर जति मात्र विधुत लार्यन विस्तार गरेको निर्माण कम्पनीलाई काठमाण्डौ सम पुगेर तत्काल निर्माण कार्य थालनी गर्नका लागी अनुरोध गर्दापनि स्थानीय जनता र स्थानीय सरकारको आग्रहलाई ठेकेदारले आनाकानी गरिरहेको वडाअध्यक्ष हुकुम बोहराले बताउनु भयो।

उहाँले भन्नु भयो :जनताको चरम दवाव छ।विजुली बत्तिको लाईन विस्तार गर्ने कार्य तत्काल होस् भनेर आग्रह गर्दा पनि ठेकेदार सम्पर्कमा नआउने गरेको र अँझै ७ किलोमिटरजति बिद्युत लाई विस्तार गर्न बाँकी रहेको छ।

ठेकेदारले निर्माण कार्यलाई छिटो अगाडी नबढाउने हो भने त्यसको प्रतिशोधमा आक्रोशित जनताको क्रोधलाई वडा कार्यालयले पनि रोक्न नसक्ने भएकाले त्यसबाट हुने सबै क्षति स्वयं ठेकेदारले व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस बिषयमा तत्काल निर्माण कार्य थालनी गर्न पनि वडाअध्यक्ष बोहराको आग्रह रहेको छ।

यस विषयमा निर्माण कम्पनीका पेटी ठेकेदार सागर लाइटेललाई बुझ्नको लागि उहाँको ९८५११२२५१२ मोवाइल नम्बरमा पटकपटक फोन गर्दापनि उठाउनु भएन ।र काममा ढिलासुस्ती किन्न भन्ने विषयमा बुझ्नका लागि विधुत् वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजनाका प्रमुख बोधराज ढकालको मोवाइल नम्बर ९८४१२३९७७७ मा पनि पटक पटक फोन गर्दा उठाउनु भएन।

खेतीयोग्य जमिनलाई नासेर लगिएको बत्ती स्थानीयले बाल्न पाएका छैनन्।डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ को थलीमा निर्माण सम्पन्न ३.३३ मेघावाटको कापडी गाड जलविधुत् आयोजनाको लाइन बिस्तार बडिकेदार,चुरे र जोरायल गाउँपालिका हुँदै केन्द्रीय प्रसारण लाइन अत्तरियामा लगिएको छ तर स्थानीयहरूले भने बत्ती बाल्न पाएका छैनन्।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया