आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०८
वासिङटन डिसी 21:23

अमेरिकाको स्थानीय सरकारको उच्च पदस्थ पदाधिकारीले उद्घाटन गरे नेपाली रेस्टुरेन्ट ” हिमालयन हेरिटेज “

इनेप्लिज २०७८ जेठ १८ गते २१:११ मा प्रकाशित

भर्जिनियाको फ्रेडिक्सबर्ग शहरमा नयाँ खुलेको नेपाली रेस्टुरेन्ट ” हिमालयन हेरिटेज “अमेरिकाको स्थानीय सरकारको उच्च पदस्थ पदाधिकारी केभिन मार्शलले रिबन काटेर उद् घाटन गरे।

फ्रेडिक्सबर्ग शहर / स्पोट्सभानिया काउन्टीका जननिर्बाचित बोर्ड सुपरभाईहरहरु केभिन मार्शल,ग्यारी र जेनिफर लाई रेस्टुरेन्टका संचालकहरु दुर्गालाल श्रेष्ठ र बिर बहादुर तामांगले नेपाली खादा लगाई दिएर स्वागत गरेर रेस्टुरेन्टको प्रांगणमा संक्षिप्त उद्घाटन समारोह आयोजना गरिएको थियो।उद्घाटन समारोहमा आफ्नो मन्तब्य राख्दै अमेरिकाको स्थानीय सरकारका पदाधिकारी केभिन मार्शलले भने -हाम्रो शहरमा आज खुलेको यो रेस्टुरेन्टमा खाना खान आउन केही बर्षमा अब भिड लाग्छ,ट्राफिक बाटो जाम हुन्छ।

ईण्डियन खाना र नेवारी खानामा नेवारी सामेबजी ,छोएला,कचिला ,बारा,वासा,चटामरी लगायतको स्वादिस्ट नेपाली खाना पाईने यस नेपाली रेस्टुरेन्टमा बर्थ डे पार्टी,बेबी सावोर,ग्र्याजुएसन पार्टी,बिहेपार्टी हरु आयोजना गर्नको लागी ठुलो हल र प्रसस्त गाडी पार्किंगको सुबिधा ( पार्किङ्ग फालाफाल ) छ र हाईवे 95 र जेफर्सन डेभिस हाईवे रुट-1 बाट नजिकै छ ।

रेस्टुरेन्टको ठेगाना यहाँ छ :

10336 SPOTSYLVANIYA Avenue
Fredericksburg , VA 22408

प्रतिक्रिया