विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

इनेप्लिज २०७८ जेठ १८ गते १२:१४ मा प्रकाशित

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन भएको छ । नेता थापाको ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार ४ बजेर २५ मिनेट जाँदा उपचारको क्रममा निधन भएको हो । मेडिसिटी अस्पतालले उनको निधनको पुष्टि गरेको छ ।

बुढानीलकण्ठका बासिन्दा थापा सपरिवारसहित झण्डै एक महिना पहिले सगरमाथा आधार शिविर क्षेत्रको यात्रामा गएर फर्किएका थिए । सोही क्रममा कोरोना भाइरसको संक्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो ।

त्यसपछि ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो ।

एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो, तर डाक्टरहरुले स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका थिए ।

प्रतिक्रिया