कोरोनाका कारण वरिष्ठ अर्थशास्त्री डा.थापाको निधन

इनेप्लिज २०७८ जेठ १८ गते १०:२४ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस महामारीका कारण वरिष्ठ अर्थशास्त्री डा.गोबिन्द थापाको निधन भएको छ । कुमीदिमी मिडिया होम प्रालिद्वारा सञ्चालित नेपालपाटी डटकमका अध्यक्ष एवम् नेपाल अर्थमञ्चका अध्यक्ष डा.थापाको उपचारका क्रममा आज विहान गंगालाल अस्पतालमा निधन भएको पारीवारिक स्रोतले जनाएको छ ।

अर्थ विश्लेषकका रुपमा चिरपरिचित थापा कम्युनिष्ट आन्दोलनका एक सशक्त हस्तीका रुपमा समेत चिनिन्छ । उनको निधनले नेपालको अर्थतन्त्र र कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति हुनुका साथै एक असल अभिभावक गुमाएको डा.विजय पौडेलले ट्विटमा उल्लेख गरेका छन्।

केही दिनदेखि थापाको गंगालालमा उपचार हुँदै आएको थियो। थापा एमालेको अर्थ तथा योजना विभागका सचिव भएर काम गरेका थिए ।

थापाले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए । थापाको आजै नेपाली सेनाले अन्त्येष्टि गर्दै छ ।

प्रतिक्रिया