अनेसास उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा च्याप्टर विशेष साहित्यिक कार्यक्रम

लक्ष्मण न्यौपाने,सिकाग़ो २०७८ जेठ १७ गते ०:२२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिले आइतवार यस क्षेत्रका च्याप्टरहरूसंग नियमित साहित्यिक कार्यक्रमको आठौं श्रृङ्खला सम्पन्न गरेको छ।आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने कार्यक्रम अन्तर्गत यस पटक केन्द्रीय प्रतिनिधि र ट्रस्टी परिषद प्रतिनिधि माझ सिकागो च्याप्टर, फ़्लोरिडा च्याप्टर र न्युह्याम्सर च्याप्टरका स्रष्टाहरू जोडिएका थिए।कार्यक्रममा परिचयात्मक कार्यक्रमसँगै विभिन्न बिधाका रचनाहरू वाचन गरिएको थियो।

नेपाली भाषा तथा साहित्यको संरक्षण र संवर्धनको महान अभियान बोकेर अगाडि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समिति द्वारा आफ़नो क्षेत्रमा साहित्य सिर्जनाको प्रवर्धन संगै आपसी सम्बन्धलाई सुदृढ र बलियो बनाउने उदेश्यका साथ समितिले नियमित रचना बाचनका श्रृङ्खलाहरू र कार्यशाला गोष्ठीहरू आयोजना गर्दै आएको छ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला,केन्द्रीय पूर्व अध्यक्ष तथा ट्रस्टी परिषद उपाध्यक्ष पदम विश्वकर्मा, केन्द्रीय पूर्व अध्यक्ष तथा सल्लाहकार मोहन सिटौला,केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा,छन्द कवि कोमल भट्ट,केन्द्रीय सचिव विमला निरौला,ट्रस्टी परिषद कोषाध्यक्ष राम लामा अविनाशी लगायतले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए।यसैगरी फ़्लोरिडा च्याप्टर अध्यक्ष दीप कार्की,सिकागो च्याप्टर अध्यक्ष ईश्वर बगाले,न्युह्याम्सर च्याप्टर अध्यक्ष हरिमाया अधिकारी लगायत सिकाग़ो च्याप्टर महासचिव लक्ष्मण न्यौपाने,सदस्य दुर्गा घिमिरे,कोषाध्यक्ष मीनादेवी पाण्डेयले पनि सिर्जना वाचन गरे।कार्यक्रममा फ़्लोरिडा च्याप्टरका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कार्की,उपाध्यक्ष जानुका ढुंगेल खनाल,उपाध्यक्ष शिवकुमार शर्मा लगायतले पनि सहभागि भइ रचना वाचन गरेका थिए।न्यूयोर्क़ च्याप्टर अध्यक्ष शकुन ज्ञवालीद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष तथा उत्तर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठले गरेका थिए।

कार्यक्रमको प्रत्यक्ष प्रसारण गोर्खाली भ्वाईस अनलाइन मिडियाले आफ़नो फ़ेसबुक तथा यूटूब च्यानलबाट गरेको थियो।

-लक्ष्मण न्यौपाने,सिकाग़ो

प्रतिक्रिया