राती २ बजे लाईन लागेर किनेको दुधमा भेटियो यस्तो, तताउँदा बोसे आन्द्रो जस्तो (भिडियो)

इनेप्लिज २०७८ जेठ १६ गते १५:३४ मा प्रकाशित

केही दिन यता सामाजिक सञ्जालमा राष्ट्रिय पशु प्रजनन् कार्यालय,पोखराको भिडियो भाइरल भई रहेका छन्।भिडियोमा उक्त कार्यालयबाट विक्रि गरिएको दुधमा अखाद्य बस्तु भेटिएको बताइएको छ।

उमाल्दा÷उमाल्दै दुध तन्किन थालेपछि केही उपभोक्ताले टिकटक,फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट्याएका छन्।उपभोक्ताहरुले दुध उमाल्दा बोसे आन्द्रो जस्तो बनेको, मुछेको पिठो जस्तो बनेको भिडियो नै देखाएका थिए।बिगत ६० बर्ष देखी उक्त कार्यालयले उपभोक्तालाई दुध बिक्री गर्दै आएको छ।यसले दुधमा अखाद्य बस्तु मिसाइएको आशंका उब्जाएको छ।तर,मेसिन बिग्रिएर दुध प्रशोधन गर्न नपाउदा यस्तो समस्या आएको कार्यालयले स्पष्टिकरण दिएको छ। निषेधाज्ञाको समयावधि थपिदै आएको हुँदा मेसिन मर्मतमा थप समस्या भएको कार्यालयका प्रमुख पशु विकास अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए। उपभोक्ताहरु फाटेको दुध नै बोकेर कार्यलय पुगेका थिए।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया