सोनाहा वस्तीमा भण्डारीद्धारा राहत वितरण

वीरेन्द्र रावल २०७८ जेठ १६ गते १३:१८ मा प्रकाशित


धनगढी,जेठ १६।परम्परागत रुपमा नदी किनारमा बालुवा चालेर अनि माछा मारेर जीविकोपार्जन गर्दै आएका कैलाली र बर्दिया सीमानामा पर्ने बल्चौरमा बस्दै आएका सोनाहा जातिहरु भोकमरीमा परेका छन्।

बन्दा बन्दी पूर्वर नदीमा माछा मार्ने र बालुवा चालेर साँझ धौ धौ विहानको जोहो चलाउँदै आएका १७ घर सोनाहा जातीहरुको उक्त पेशा ठप्प भएपछि उनिहरुको वस्तीमा खाद्य संकट सृजना भएको छ।

सोनाहा बस्तीमा खाद्य संकट भएको थाहा पाएपछि सामाजिक अभियान्ता अनि आहतमा परेका विपन्न,गरिव परिवारलाई सहयोग गर्दै आएका युवा संघका केन्द्रिय सदस्य नेत्र भण्डारी र युवा संघकै टेकराज गिरीले आईतबार १७ घरपरिवारलाई १८ हजार बराबरको खाद्य समाग्रीहरु वितरण गरेका छन।

बन्दाबन्दीका कारण सुन चाल्ने व्यवसाय ठप्प हुनुका साथ साथै माछा मार्ने व्यवस्यामा समेत सेनाले रोक लगाएपछि १७ घर परिवारहरु विचल्लीमा परेको थाहा पाएपछि आफुले सो बस्तीमा पुगेर अवस्था बुझ्दा निकै नाजुक अवस्था देखेर राहत प्रदान गरेको समेत भण्डारीले बताएका छन्।

घरवार विहीन अवस्थाका अनि विपन्न परिवारका मानिसहरुको निभेको चुलो बाल्ने अभियानमा सक्रिय रुपमा लागि परेका नेत्र प्रसाद भण्डारीले नेपाल भरी १३ सयको संख्यामा रहेका सोनाहा जातीहरुलाई राज्यले सूचिकृत गर्नुका साथ साथै उनिहरुलाई उचित गाँस,वास र कपासको व्यवस्था मिलाउनु पर्ने बताए।

सो वस्तीमा हाल सोनाहा जातीहरुले भोग्दै आएको खाद्य संकटलार्य पनि समाधान गर्नका लागि तत्काल राहतका कार्यक्रमहरु लैजानु पर्ने पनि मनकारी सामाजिक अभियान्ता भण्डारीको जोड रहेको छ।

-वीरेन्द्र रावल

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया