गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन्।ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन्।बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन।एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्यान गयो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको गल्ती भएको बिरामी कुरुवाहरु बताउँछन्।
यसबारे अस्पताल प्रशासन र गण्डकी प्रदेश सरकारले आफ्नो आधिकारीक धारणा दिएको छैन।गण्डकी अस्पतालका कोभिड फोकल पर्सन डा.सरद बरालका अनुसार हाइर्ए फ्ल्यो अक्सिजन नहुँदा समस्या परेको बताउँछन्।जति पनि बिरामी भर्ना भएका छन् सबै अक्सिजन चहिने बिरामी भएकाले अक्सिजन नपुगेको उनेको दाबी।यसबारे सरकार जिम्मेवार हुुनपर्ने तर्क समेत डा. बराल गर्छन्।
हेनुहोस् स्थलगत रिपोर्ट
प्रतिक्रिया