गैर आवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद्,अमेरिकाको निर्वचनमा भगलिनु हुन अनुरोध

इनेप्लिज २०७८ जेठ १५ गते १२:०९ मा प्रकाशित

 

२९ मे,२०२१

प्रेस विज्ञप्ती

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति नया कार्यसमिति निर्वाचित गर्न २९ मे,आज (शनिवार) र ३० मे, भोली(आइतवार) मतदानको कार्यतालिका रहेको छ।राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुरुप मे २९, शनिवार पूर्वीय समयअनुसार बिहान ८ बजेवाट मतदान गर्न सकिनेछ।आयोगका अनुसार मे ३०,आइतवार पूर्वीय समयअनुसार राती ११ बजेर ५९ मिनेट जादा सम्म मतदान गर्न सकिनेछ।

यस निर्वाचन प्रक्रियामा भाग लिई आफ्नो अमुल्य मतको प्रयोग गर्नका लागि सम्पूर्ण सदस्यहरुमा संघ हार्दिक अनुरोध गर्दछ।निश्चित समयावधिमा कुनै पनि सामाजिक संस्थाको निम्ति नया कार्यसमिति चयन गर्नु आवश्यक हुन्छ।त्यसका लागि प्रजातान्त्रिक विधिमार्फत मतदान प्रक्रियावाट संघको नया कार्यसमिति चयन हुन लागेको यस घडीमा यस प्रक्रियासग जोडिनुभएका सबैप्रति संघ आभार व्यक्त गर्दछ।

निर्वाचन आयोगलाई निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नका निम्ति संघ हार्दिक शुभकामना व्यक्त गर्दछ।निर्वाचन आयोगलाई आवश्यक पर्ने सहयोग गर्नका लागि संघ सदैव तयार रहेको छ।निर्वाचनको यस प्रक्रियामा विभिन्न तह,तप्का र निकायवाट सहयोग गरिरहनुभएका सबैलाई संघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।आदरणीय संचारकर्मी मित्रहरु प्रति पनि संघ आभार व्यक्त गर्दछ।

मतदानका लागि निर्वाचन आयोगद्धारा उपलब्ध गराइएको लिंक यस प्रकार रहेको छ।
https://www.civiciti.com/ww/nrna

भवदीय !
पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्,अमेरिका

प्रतिक्रिया