सभ्रम कालान्तर

गोपी मैनाली २०७८ जेठ १५ गते ४:३७ मा प्रकाशित

बसन्तका पालुवा फेरिए
‘मुना’ जन्मदै हाँसेका थिए
नवास्वाद्यन जीवनको पिउँलाको रहरमा
नवदीक्षा जीवनको लिउँलाको रहरमा
थोर बुहत सपनाहरु गुथिए,
थोर बहुत प्रयत्नहरु सुरिए,
तर बैशाख नआउँदै झर्न पुगे पालुवा
तर बैशाख नआउँदै अश्रुत बन्न पुगे आकाङ्क्षा
ग्रेगरिएन क्यालेण्डरसंगै वारम्वार म सभ्रम पल्टिएँ ।
जिउनुका नशा निशाक्त उडिसक्यो
सकञ्चन आकाशमुनि बाच्नु पनि धरतिको धव्वा
जिउँदो जङ्गबहादुरको पाइताला टेक्नुपर्ने
झुटो अभ्यर्थनाभित्र पुगेँ
कै वार लखेटिए,कै वार उचेटिए
विधवाको सपना जस्तै गुथिएर
विपनाजस्तै लाछिएर
प्रति शाम अस्मिहीन मेरो प्रतिरुप
फेरि फेरिएका पालुवालाई पनि
निरिश्वर महत्ताहीन सम्झन पुगें
म सभ्रम बाँच्न पुगें।
गति रोवोटले पनि पायो
जीवनत्व प्रयोगशालामा पनि हुर्किदै छ रे
म अस्मि प्रयोग,संदिग्ध रहे
कही छल्किए, कहि पोखिए
अस्मिहीन जीवन सरी
भावशून्य र अकमण्र्यताको
दिग्भ्रान्त पथिक बने
विदीर्ण क्षणाभूतिमा पनि
सजल नयन न पोख्न सके
न रोए न हाँसे
न आँखाबाट खस्न सके
र,संरचना भुलेको कला बने।
उद्यत प्रणहरु निरुक्त बने
अवसादी यादभरि बाँच्नुपर्यो
न बाँचे,न मर्न सके
कस्मल म्लान विचार प्रणयमा
कसरी यति यात्रा बग्दै आए
हीनता, लघुता कैदी भएर
झिनो भ्रममा म तड्पिरहे
शिखर चुमेका स्वप्निल रहरमा
कति कल्प अल्पिरहे
म जीवन सभ्रम बाँचिरहे
र सजल सजलमा हाँसिरहे।

-गोपी मैनाली
मैनाली निवास
क्षितिज मार्ग,शंखमूल
काठमाडौं ।

प्रतिक्रिया