मुलुक भन्दा ठुलो नेताहरू र २०७२ साल जारी संविधान होईन !

इनेप्लिज २०७८ जेठ १४ गते १०:३६ मा प्रकाशित

मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन संविधान फेरि पनि बन्न सक्छ।विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक दलका नेतृत्वहरुले मुलुकमा निकास दिन सकेनन।मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामको दुरुपयोग भएको छ।

मुलुकमा विक्रम सम्वत २०६२/०६३ सालपछि आजसम्म जताततै अराजकता,बिकृति ,ब्यथिति ,मनपरि र लथालिङ्ग भएको अवस्था छ।राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भइसकेका छन।राजनीतिक दलहरुका नेताहरु संग कुनै भिजन नै छैन।सेनाहरुलाई आफै अघि बढन बाधा, अडचन र समस्याहरू छ भने हृदयेन्द्र शाहलाई भावी राजा बनाउनका लागि सेनाहरुले हालमा ज्ञानेन्द्र शाहलाई भएपनि साथ र समर्थन दिनुपर्छ।विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक दलका नेतृत्वहरुले मुलुकमा निकास दिन सकेनन।अब मुलुकमा तत्काल श्री ५ ज्ञानेन्द्र शाह र श्री ५ हिमानी शाहको संरक्षणमा भावी राजा हृदयेन्द्र शाह र सेनाहरु सहितको प्रजातान्त्रिक शासन व्यवस्थाको आवश्यकता छ।

मुलुकमा कांग्रेस, कम्युनिस्ट र जसपा लगायतका दलको सरकार फेरबदल भएपनि के.पी.शर्मा ओली,शेरबहादुर देउवा,माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस।नेताहरूको आज सम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो ।नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु।मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन।यसकारण अब मुलुकमा श्री ५ ज्ञानेन्द्र शाह र श्री ५ युवराज्ञी हिमानी शाहको संरक्षणमा भावी राजा हृदयेन्द्र शाह र सेनाहरु सहितको प्रजातान्त्रिक शासन व्यवस्था चाहिएको छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया