युगकविलाई स्रष्टा साँझ अमेरिकाको श्रद्धार्पणः

सुरेन उप्रेती अटवा २०७८ जेठ ११ गते २२:३४ मा प्रकाशित

सुरेन उप्रेती अटवा,आइतवार,मे २३तारिख, २०२१का दिन स्रष्टा साँझ अमेरिकाले युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ति मनायो।सन्सारभरीका प्रतिनिधि साहित्यिक श्रष्टाहरूको भर्चुवल उपस्थितिमा उक्त कार्यक्रम संचालन भएको थियो।कार्यक्रमलाई स्रस्टा साँझका अध्यक्ष प्रभात दिक्षितले श्वागत र साहित्यकार प्राध्यापक मोहन सिटौलाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो।कार्यक्रममा बैकुण्ठ आचार्य डालस अमेरिका,गंगा लिगल अमेरिका,अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला जापान,प्राध्यापक डाक्टर विश्वनाथ भण्डारी चित्रा पौडेल,दुर्गा अधिकारी भमरखोले,किरण श्रेष्ठ,प्राडा मोहन लोहनी,अनेसास वोर्डअफ ट्रस्टिका उपाध्यक्ष पदम विश्वकर्म अमेरिका,साहित्यकार मन्जुल नेपाल,डाक्टर मधु कृष्ण श्रेष्ठ न्यूयोर्क अमेरिका, धर्मराज बराल,पार्वती भट्टराई,राधाकृष्ण काफ्ले, सङ्गिता सारथी,शंकर भारती,तीर्थ अधिकारी,उपमा आचार्य,पार्वती भट्ट,रामकुमार पण्डित,उपन्यास समाजका तर्फबाट पवन बुढाथोकी,चर्चित अभिनेता शरोज खनालआदिको सहभागिता रहेको थियो।युगकवि सिद्धिचरण श्रेष्ठका सपुत्र रविचरण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई अझ उर्जा र उत्साह प्रदान गरेको थियो।

भगवती पौडेल द्वारा सबै कीर्तिशेष साहित्यकारहरूको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रम शुरू गरिएको थियो। पवन बुढाथोकीले कार्यक्रमका सहभागिहरूलाई स्वागत गर्नु हुँदै उपस्थित हुनुहुने श्रष्टाहरूलाई धन्यवाद दिनु भयो।कार्यक्रममा युगकविका रचनाहरू र उहाँसँग सम्बन्धित रचनाहरू र सम्झहरूलाईमात्र वाचन गर्नका लागि पनि बुढाथोकिले अनुरोध गर्नु भयो।स्रस्टा साँझको चिनारी र संस्थाकोबारेमा बैकुण्ठ आचार्यले प्रकाश पार्नु भयो।सन २०१७मा अमेरिकाको डालसको फुटवर्थमा स्रस्टा साँझका अध्यक्ष प्रभात दिक्षित सहित केही साथीहरूको उपस्थितिमा सस्था जन्मिएको कुरा आचार्यले बताउनु भयो।नेपालबाट आएका र नवप्रतिभाहरूलाई सप्तान्तमा भेलागरी नेपाली साहित्यमा केही योगदान दिने उधेश्यले संस्थाको स्थापना भएको कुरा बताउनु भयो। सानो घरभित्रबाट केही व्यक्तिहरूको उपस्थितिमा २०१९ सम्म संचालन हुँदै आएको थियो।२०२० देखि कोरोनाको बृद्धिसँगै जूमको माध्यमबाट कार्यक्रम शुरूगर्न थालियो। वालकार्यक्रम, कविता ,उपन्यास,लघुकथा तथा श्रष्टा साँझकार्यक्रमहरू सन्चालन भए।त्यसको अतिरिक्त मैथली भोजपुरी कार्यक्रमहरू पनि सन्चालन भए।त्यस्तै समसामयिक कार्यक्रमहरू जस्तो पारिजात जन्मजयन्ति र युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान साँझको आयोजना भएको छ भन्नु भयो।नारायण गोपाल, हरिभक्त कटुवाल त्यस्तै गरी डालसमा रहेका भारतिय र पाकिस्तानी साहित्यकारहरू सँग समिटिएर हिन्दी उर्दू र भोजपुरी भाषामा समेत कार्यक्रमहरू भएको कुरा बताउनु भयो।त्यसपछी कार्यसमितिको पनि विस्तार गरी आठ जनाको कार्यसमिति बनाइयो।प्रभात दिक्षित अध्यक्ष बैकुण्ठ आचार्य सचिव, बिश्वराज अधिकारी लघुकथा संयोजक,विटु केसी श्रष्टा संवाद कार्यक्रम, शशी भट्टराईले मैथिली भोजपुरी,भगवति पौडेलले कविता कार्यक्रम,प्रतिमा खरेलले वालकार्यक्रम चलाउनु हुन्छ।पवन बुढाथोकीले नेपालमा रहेका श्रष्टाहरूसँग संयोजन गर्ने जिम्मा लिनु भएको छ ।२०१७ देखी २०१९ सम्ममा १५वटामात्र कार्यक्रम भए पनि २०२० को जूनदेखि डिसेम्वर सम्ममा २५वटा कार्यक्रमहरू भएको कुरा श्री आचार्यले वताउनु भयो ।त्यस्तै २०२१को जनवरीदेखि अहिले सम्म २०वटा कार्यक्रम गरी जम्मा ६०वटा कार्यक्रमहरू भएको बताउनु भयो।

कार्यक्रममा सहभागि सदस्य शशी भट्टराईले युगकवि सिद्धिचरण श्रेष्ठको परिचय र किर्तिमाथि चर्चा गर्नुभयो ।यथार्थवादि, प्रगतिशील कवि जसले क्रान्तिबिना शान्ति हुँदैन भन्ने बर्षा कविता संग्रह भित्रको कविताको श्री भट्टराईले चर्चा गर्नु भयो।बिसं १९९७सालमा राणाशासनको बिरोधमा कविता लेखेको भन्दै सर्वस्वहरण सहित बन्दी बनायो।अठार बर्ष जेल सजाय तोकिएको भए पनि पाँच बर्षमा जेलजीवनबाट मुक्त हुनुभयो । आवाज भन्ने पत्रिकाको प्रधान सम्पादक भएर प्रकाशन गर्नु भयो ।गोरखा पत्रिकाको सम्पादन तथा शारदा पत्रिकाको सम्पादक भई सूचना सम्पादन क्षेत्रमा पनि ठूलो योगदान पुर्याउनु भयो।नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य भई२०१४ बाट २०२२सम्म प्रज्ञा प्रतिष्ठानमा योदान पुर्याउनु भयो ।२०२२सालमा प्रज्ञाप्रतिष्ठानमा कविता महोत्शवको शुरूवात युगकविबाट नै भएको थियो ।२०३० देखि २०३६साल सम्म राजसभाको सदस्य हुन भयो।युगकविले नेपाली भाषामा पुर्याएको योगदानको चर्चा गर्दै युगकविबाट रचित कविता वाचनगरेर श्री भट्टराइले सुनाउनु भयो।त्यसैक्रममा संस्थाका अध्यक्ष प्रभात दिक्षितले “मन्त्री मण्डल फेरिँदैगो फेरिएन देश, मेटीएन दुखकष्ट मेटिएन क्लेस” २०१८सालमा युगकविद्वारा लेखिएको कविता वाचन गरेर सुनाउनु भयो।सँधै कवितामात्र सोचिरहने।सबैले कवि भनेर सम्वोधन गरिने कुरा माधव घिमिरेले सिद्धिचरनका बारेमा लेखेको कुरा श्री दिक्षितले पढेर सुनाउनु भयो।स्रष्टा साँझ संस्थाको स्थापना बारे बोल्दै श्री दिक्षितले स्थापनाकालमा शैलेस आचार्य सँग भएको कुराकानीको रोचकप्रसंगको पनि चर्चा गर्नु भयो।पारिजात जन्म जयन्ति र युगकविको जन्मदिवसको आयोजनामा प्राध्यापक मोहन सिटौलाको अमूल्य योगदान रहेको कुरा दिक्षितले बताउनु भयो।क्रान्तिको विगुल फुक्ने साहित्यिक यौद्धालाई नियमित रूपमा सम्झिनु पर्दछ भन्दै पर्छ र समभन्नु भयो।यस संस्थाका अभियन्ता विश्वराज अधिकारीकी ममतामयी आमाको शोर्गारोहण भएको खवरले मर्माहत छौ।हामी सबैका तर्फबाट समवेदना र श्रद्धान्जली अर्पण गर्दछौ भन्नु भयो।

कार्यक्रममा सहभागी हुनुभएका अभिनेता शरोज खनालले आफुले कवितामाथि र गीतमाथि अभिनय गर्ने गरेको कुरा बताउनु भयो । युगकवि समाजका बिभिन्न पक्षमा लेख्ने कवि हुनु हुन्थ्यो भन्दै कविद्वारा रचित भूकम्प भन्ने कविता वाचन गरेर सुनाउनु भयो । यो परिस्थितिमा भूकम्पका ठाउँमा कोरोना राखेर वाचन गर्दा पनि हुने प्रसंग सुनाउनु भयो । यसैक्रममा डडेलधुराबाट सहभागि हुनुहुने पार्वती भट्टले डेउडा भाषामा युगकविका बारेमा चर्चा गर्नु भयो । युगकवि द्वारा रचयित उपजाति छन्दको नेपाल शीर्षकको कविता पनि लयहालेर सुनाउनु भयो । त्यस्तै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले स्रष्टा साँझलाई धन्यवाद दिनुभयो । कविता महोत्शवको थालनी २०२०मा शुरू गरेको चर्चा गर्दै अनेसास र आफ्ना तर्फबाट श्रद्धासुमन चढाउँछु भन्नु भयो ।त्यसैक्रममा पवन बुढाथोकीले युगकवि सँग भेट गरेको र राम्रो कविता लेख्न सल्लाह मागेको रोचक प्रसंग सुनाउनु भयो । श्री बुढाथोकीले युगकविमा समर्पित मुक्तक पनि सुनाउनु भयो । त्यसपछी चित्रा कोइरालाले झापाबाट सहभागि भएर “युगकविलाई श्रद्धा सुमन” शिर्षकमा झ्याउरे लयमा भाका हालेर कविता वसुनाउनु भयो । यसै गरी तीर्थ अधिकारीले युगकविका सम्मानमा दुई मुक्तक सुनाउनु भयो । कार्यक्रमलाई अगाडि बढाउँदै राधाकृष्ण काफ्लेले युगकवि द्वारा रचियत “बा आउनुभएको छैन” भन्ने कविता सुनाउनु भयो ।यस्तै गरी अनेसासका पूर्व महासचिव तथा अनेसास क्यानडाका संस्थापक अध्यक्ष सुरेन उप्रेतीले अनेसास क्यानडाको स्थापना पछी पहिलो कार्यक्रमका रूपमा सिद्धिचरण श्रेष्ठ जयन्ति मनाएको स्मरण गर्नु भयो ।श्री उप्रेतीले युगकविको “आमा म पागल हैन” भन्ने कविता वाचन गरेर सुनाउनु भयो ।

त्यस क्रममा रामकुमार पण्डितले सिद्धिचरण श्रेष्ठको राम्रो रचना मिठो नेपालीबाट खुकुरी शिर्षकको कविता र एउटा मुक्तक सुनाउनु भयो । अर्का कवि दुर्गा अधिकारी भँमरकोटेले सिद्धिचरणमा समर्पित सुसेली वाचन गरेर सुनाउनु भयो । त्यस्तै मन्जुल नेपालले सिद्धिचरण श्रेष्ठ आफ्नो वुवा जस्तै हुनु हुन्थ्यो । उहाँलाई मेरा धेरै कविताहरू सुनाएको र आफ्नौ समप्यता रहेकोकुरा स्मरण गर्नु भयो । युगकविको कीर्तिशेषले बिक्षप्त हुँदा सोही अवस्थामा एउटा कविता संग्रह नै लेखेको बताउनु भयो । सोही कविता संग्रहको ४७ नम्वरको छाता भन्ने कविता वाचन गरेर सुनाउनु भयो।कार्यक्रककी सहभागी संगिता सारथीले युगकविको मेरो प्यारो ओखलढुँगालाई गीतमा गाएर सुनाउनु भयो र युगकवि प्रति समर्पित कविता सततनमन सुनउनु भयो।

ttps://www.facebook.com/prabhat.dixit2011/videos/10223994693951403/

कार्यक्रममा सिद्धिचरण प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डाक्टर श्री मोहन लोहनीले आफ्ना भनाइहरू राख्नुभएको थियो । भनाइ राख्ने क्रममा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइला उपस्थित हुन नसक्नु भएको जानकारी गराउनु भयो । बैरागगीकाँइलाले कार्यक्रमको सफलताको सन्देस पठाएको कुरा सुनाउनु भयो ।युगकविका धेरै खण्डकाव्यहरू मध्ये आफुलाई मंगलमान भन्ने खण्डकाव्य मनपरेको कुरा वताउनु भयो । मंगलमान भित्रको पात्रले नेपालमा परिवर्तन ल्याउन र प्रजातन्त्र ल्याउन कठोर प्रयत्न गर्छ । सफल पनि हुन्छ तर आपसि झैझगडाले गर्दा जनताले सुख पाउँदैनन्।सत्ता सँघर्ष दाउपेज भएर आर्किटाइप क्यारेक्टर मँगलमानको अन्त्य भएको छ । यो नेपालको वर्तमान स्थितिमा पनि यथावत छ । साहित्यकार सिद्धिचरण श्रष्टा र द्रष्टा दुवै हुनुहुन्थ्यो । उहाँमा युगको परिवर्तन गर्नेबोध थियो । आफु अंग्रेजी विषयको प्राध्यापक भएकोले धेरै लेख अंग्रजी भाषामा लेखेको कुरा श्री लोहनीले बताउनु भयो।

कार्यक्रममा सहभागि साहित्यकार गंगा लिगलले सिद्धिचरणमा समर्पित कविता वाचन गरेर सुनाउनु भयो । त्यस्तैगरी साहित्यकार डाक्टर मधुकृष्ण श्रेष्ठले युगकविका विभिन्न किर्तिमा आधारित कविता लेखेर वाचन गर्नु भयो । त्यसैक्रममा अनेसासका बोर्डअफ ट्रस्टीका उपाध्यक्ष पदम विस्वकर्मले सबैलाई सम्वोधन गर्दै सिद्धिचरणकाबारेमा चर्चा गर्नु भयो । युगकविले १८ बर्षको उमेरमा मेरोप्यारो ओखलढुँगा लेखनु भयो । गणेशमान सिंह, केदारमान व्यथित, आदिलाई परिवर्तनका लागि मार्ग दर्शन गर्नु भएको थियो । उहाँमा राजनैतिक र सामाजिक चेतना उच्च थियो भन्ने चर्चा गर्दै युगकविको भेदभाव बिरूद्ध लेखिएको कविता वाचन गरेर सुनाउनु भयो । त्यसैक्रममा प्राडा विश्वनाथ भन्डारीले सिद्धिचरणको उर्वसि खण्डकाव्यमा आफुले २०५४मा विधावारिधी गरेको कुरा सुनाउनु भयो।त्यस्तै पोखराबाट धर्मराज बरालले युगकविको चर्चा गर्दै कविका कुराले सबैलाई उर्जा प्रदान गर्ने गरेको कुरा बताउनु भयो । साहित्यकार तथा पत्रकार अश्वनी कोइरालाले आफुले बिभिन्न साहित्यकारहरूका बारेमा साहित्य पोष्टमा प्रकाशन गर्दै गएको कुरा राख्नु भयो ।साहित्य पोष्टमा प्रकाशित कृतिलाई मात्र पढ्दा पनि धेरै कुरा थाहा हुने कुरा बताउनु भयो । सिद्धिचरण सरल सचेत र आफुलाई व्यवहारमा व्यक्त

गर्ने परिवर्तनकामी कवि भएकोकुरा बताउनु भयो।

कार्यक्रमका आकर्षण युगकविका सुपुत्र रविचरण श्रेष्ठले बुबाको योगदानबारेमा साहित्यकारहरूमा रहेको भ्रमबारे स्पष्ट भएर यथार्थकुराहरू बाहिर ल्याउन अनुरोध गर्नु भयो । बुबाका लागि सबै भन्दा ठूलो नै कविता हुनेगर्दथ्यो। कागजका टुक्र भेटेपछी त्यसमा कविता कोरी सक्नु हुन्थ्यो । कहिले रातभर लेख्नु हुन्थ्यो । तर त्यो कलममा मसी नै नभएको कुरा पनि उहाँ पत्तै पाउनु हुन्न थियो भन्दै रविचरणले स्मृति बाँड्नुभयो । युगकविले क्रान्ति र हडताल भन्ने शब्द नेपाली साहित्यमा प्रवेश गराउनु भएको कुरा पनि जानकारी गराउनु भयो । गणेशमानले नै भन्नु हुन्थ्यो सिद्धिचरण श्रेष्ठले नै मलाई राजनितिमा सँदैव प्रेरित गर्नु हुन्थ्यो । गणेशमान सिंहलाई जेलबाटभाग्दा सिद्धिचरणले पर्खाल भन्ने कविता लेखेर दिएको रहेछ।करिव दसबर्ष पछी भेटिएको कुरा गणेशमानले सुनाउनु हुन्थ्यो । उहाँ जन्मिएकै दिन मृत्युवरण गर्नु भयो । कती पटक जुत्ता चप्पल नै नलगाइ हिँड्नु हुन्थ्यो।हुक्का खाने तर आगो निभिसकेकको थाहा नै हुँदैन थियो । एक पटक आमा सँग पाहुना हुँन जानुभएको तर आमालाई विर्सिएर घर आउनु भएको प्रसंग सुनाउनु भयो।

साहित्यकार प्राध्यापक श्री मोहन सिटौलाले सबै सहभागीहरूको विद्वताको प्रसंशा गर्दै युगकविको कविभन्ने पोको खोलेपछीमात्र सबै थाहा हुन्छ । क्रान्तिकारिता, राष्ट्रवादि, युगवोधक, नेतृत्व जन्माउनु हुने श्रष्टा र द्रष्टा थिए भन्ने धेरै राजनितिज्ञ र साहित्यकारहरूले व्याख्या गरेका कुरा श्री सिटौलाले बताउनु भयो । बिभिन्न संस्थामा आवद्ध भएर समाज परिवर्तन गर्न होमिनु भयो । बाँच्नेकी मर्ने भन्ने छनोट गरेर परिवर्तनका लागि उठ्नु पर्छ भन्ने भावना सिंचन गर्नु भयो । युवाहरूलाई उर्जा प्रदान गर्नु भयो ।सन्सार भरीका कवि र साहित्यकारहरूको प्रसंग ल्याउँदै युगचेतनाको मसाल बोक्ने नेपालका प्रमिथिस थिए भनेरश्री सिटौलाले भन्नु भयो ।युगकवि गध र पद्द दुबैमा उत्तिकै कलम चलाउँथे भन्नु भयो । युगकविका बारेमा बिभिन्न सङ्घ र संस्थाहरूले विशेषाङ्कहरू निकालेका छन । विभिन्न राजनैतिक तथा साहित्यिक व्यक्तिहरूले युगकविका बारेमा धारणाहरू व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, गणेशमान सिंह ,बिशेस्वरप्रसाद कोइराला,माधव घिमिरे, सूर्यविक्रम ज्ञवाली, केदारमान व्यथित, यदुनाथ खनाल, डिल्लिरमण रेग्मी जस्ता दिग्गजहरूले सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यको धरोहर हुनहुन्थ्यो भन्नु भएकोछ।उहाँले वालसाहित्यमा पनि योगदान दिनुभएको थियो ।नेपाली साहित्यमा पहिलो उपन्यास लेख्ने कृष्णचरणका सुपुत्र भएर अझ सशक्त उर्जार दुरद्रष्टा हुनुहुन्थ्यो भन्दै श्री सिटौलाले चर्चा गर्नु भयो । बारबर्ष सम्म सिद्धिचरण प्रतिष्ठानमा योगदान पुर्याउनुभएकका सिटौलाले सिद्धिचरणका बारेमा कविता संग्रह पनि प्रकाशन गर्नु भएको छ । त्यसैबाट एउटा कविता पनि वाचन गरेर सुनाउनु भएको भयो । अव यो ढोका खोल्नेमात्र हैन । यो अभियानलाई अझ अगाडि बढाउनु पर्छ भन्नेमा कुरामा जोड दिनु भयो।क्यानडाबाट सहभागि सुरेन उप्रेतीले सिद्धिचरणको बारेमा बिधावारिधि गर्ने, तथा स्नाकोत्तर तहमा थेसिस गर्ने, अनुवाद गर्ने व्यवस्था भए नभएको बारे प्रश्न गर्नु भयो।यसलाई बिधालय स्तरमा पनि प्रतियोगिताहरू गराएर जननजसम्म पुर्याउनु पर्ने कुरा राख्नु भयो। युगकविका सुपुत्र रविचरण श्रेष्ठले विद्वतवृति, छात्रबृति दिने गरेको छ।युवा पुरस्कार र पत्रकारीता पुरस्कारको पनि ब्यवस्था छ। विश्वनाथ भण्डारीले विधावारिधिमा विद्वत वृति पाएको कुरा जानकारी गराउनु भयो । त्यस्तै गरी आज भन्दा २२बर्ष पहिला बैरागीकाँइलाले एकलाख रासीको पुरस्कार प्राप्त गर्नु भएको थियो।पत्रकार होमनाथ दाहालले पत्रकारिता पुरस्कार पाउनु भयो।त्यस्तै अहिले देवि नेपालले विद्वतवृतिमा लेखन गर्दै हुनुहुन्छ।अनुवादका कदमहरूलाई अझ बढाउँन सके सदैव सिद्धिचरण प्रितिष्ठानको सहयोग रहनेकुरा रविचरण श्रेष्ठले बताउनु भयो।कार्यक्रमको अन्त्यमा मोहन सिटौलाले सबैलाई धन्यवाल दिनु भयो।कार्यक्रमको सहजकर्ता द्वय भगवति पौडेल र पवन बुढाथोकीले कुशलता पुर्वक कार्यक्रमलाई सन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया