आधिकारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी एमाले फुटेको छैन यसकारण संसद पुनःस्थापना हुने संभावना देखिदैन

इनेप्लिज २०७८ जेठ १० गते २२:४५ मा प्रकाशित


विक्रम सम्वत २०७८ साल जेठ ०७ गते राति विघटन भएको संसद पुनःस्थापना हुने संभावना कदापि देखिदैन।आधिकारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी एमाले फुटेको छैन।आधिकारिक रूपमा नै माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी बाट फुटेर शेर बहादुर देउवालाई समर्थन गरेको भए संसद पुनः स्थापना हुन सक्थ्यो ? विक्रम सम्वत २०७८ साल जेठ १० गते सम्म पनि के.पी.शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल नेपाल कम्युनिस्ट पार्टी एमाले का नेता हुन भन्ने नै देखिएको छ।पार्टी भित्र मत भिन्नता हुनु र झैझगडा हुनु साधारणतया मानिन्छ।सर्वोच्च अदालतले फैसला गर्दा मध्यमार्गी बाटो अपनाउन भने सक्छ।सर्वोच्च अदालतले फैसला गर्दा समानान्तर सरकार र राजनीतिक दलका नेताहरु भन्दा बाहिरको सर्वदलीय सरकार गठन गरेर ६ महिना, एकवर्ष, डेढ वर्षको समयसीमा भित्र निर्वाचन गराउनका लागि भन्न भने सक्छ ? सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशहरुको सो विवेक को कुरा हो।मेरो बुझाइ यही हो।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया