साम्सद भनाउदालाई केही नि हुन्न
कोरोनाले नि छुँदै छुन्न!
दोहोरो भ्याक्सिन पहिल्यै पा ‘ छन्
दुइटा मास्क खप्ट्यार ला ‘ छन्!
टन्न पुस्टीएका छन्
सुत्केरी मानो खा’ छन्
जुलुस गर्न जहाँ नि गा’ छन्
एउटै साम्सद दुइतिर भा’ छन्
घरमै बस्याछन्
घर भाडा माँ ‘ छन्
एउटा भाइरसलाई अर्काले छुन्न
लागिहाले पनि केही नि हुन्न!
ढुक्क छन् र त यस्ता भा’ छन्
बेसार मन्तर्नी उनका बा छन्!
-अर्जुन राज पन्त,बाग्लुङ मुलपानी
प्रतिक्रिया