न्युयोर्कमा स्थायी बसोबास गर्ने खिम विक्रम भट्टराई असाध्यै परिचित र स्थापित नाम हो।हँसिला,मृदुभाषी र सहयोगी भएकाले उनलाई सबैलेखिम दाइ भनेर चिन्दछन्।एनआरएनए अमेरिकाको हाल बोर्ड अफ डाईरेक्टर’ रहेर काम गरिरहेका भट्टराईले यसपाली एनआरएनए आईसीसीसदस्य पदमा उमेदवारी दिएका छन्।उनै खिमविक्रम अर्थात ‘खिम दाइ’ संग एनआरएनको आसन्न सेरोफेरोमा रहेर हाम्रा प्रतिनिधिले गरेको रोचक कुराकानीका अंशहरु…
आफूलाई कसरी चिनाउनुहुन्छ?म खिम विक्रम भट्टराई,जन्म बागलुङको ढोरपाटन नगरपालिका,कपिलवस्तु बुद्धभूमि नगरपालिका हुँदै बिगत बाह्र बर्षदेखि न्युयोर्कमा बस्छु।एनआरएनए अमेरिकाको हालको बोर्ड अफ डाईरेक्टरको पदमा सेवारत छु।एनआरएनएको आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागिउमेदवारी दिएको छु।
तपाईँको चुनावी चहलपहल कस्तो छ?
उत्साहजनक रुपमा साथीहरुको सहयोग र सद्भाव पाउँदा हर्षित छु।दैनिक जसो दर्जनौँ साथीहरुको उत्प्रेरणा पाईरहेको छु।साथीहरु संग भेटघाटर सामाजिक संजाल मार्फत सम्पर्करत छु।
एनआरएनएमा प्रवासी नेपालीहरुको आवद्धताको औचित्यता के?
प्रवासमा बसेर नेपाल र नेपाली जोड्ने संस्था नै एनआरएनए हो,यसमा आवद्ध हुनु भनेको आफू नेपाल र नेपालीसंग आफू र आउँदो पुस्तालाई ज़िम्मेवार पनि बनाउनु हो।
अनि एनआरएनएले संस्थाको उद्येश्य अनुसार काम गरेको छ त?
एनआरएनएले धेरै नै सकारात्मक कामहरुको सुरुवात गरेको छ।दोहोरो नागरिकताको बिषयमा समन्वय गरेको छ,नेपाल र नेपालीलाई दुख्दा धेरै सहयोग गरेको छ,संस्थामा धेरै कमजोरी छन् तर संस्था बलियो र समावेशी भएपछि कमजोरी सच्चिदै जान्छन्।त्यसैका लागिईमान्दार मान्छेहरु संस्थामा आउने हो।
संस्थामा आवद्ध सदस्य र सदस्य बन्ने भन्दा पनि बनाउने होडले त्यस्तो देखाउन्न त ! कि एनआरएनए गफ गर्ने प्लेटफर्म हो?
सदस्यता संख्या निकै बढेको छ।यद्यपि हामी सन्तुष्ट छैनौँ।अझै ब्यापक सुधार गर्दै जानु पर्ने छ।
अनि तपाईँले आईसीसी सदस्य जितेपछि चमत्कारिक रुपमा परिवर्तन हुने हो?
मैले त्यसो भनेको छैन तर एनसीसी अमेरिका र आईसीसीवीचको सम्बन्धमा सुधार गर्न पहल गर्नेछु। नियत सही भएका मान्छे नेतृत्वमा जाने हो भनेकाम पनि सही हुन्छ।
तपाईँलाई किन भोट दिने?
सबैभन्दा महत्वपूर्ण कुरा म बोल्दै हिड्ने मान्छे होईन, गरेर देखाउने मान्छे हो। अहिले पनि मलाई बुझ्नेहरु खिम दाइ भनेपछि समाजसेवाको अर्कोनाम हो भन्छन् । मैले एनआरएनएमा जितेर कमाउने होईन खर्च गर्ने हो, कसैको दवावमा मलाई पर्नु मेरो स्वभाव छैन।
एजेण्डा भन्नुस् न एजेण्डा ?
एनसीसी र आईसीसीवीच विश्वाशिलो पुल बन्ने, भूईँमान्छेका समस्यादेखि अवसरहरुको सम्बोधन गर्न केन्द्रलाई घच्घचाउने, एनआरएनएलाईराजनीतिमुक्त पार्ने आदि हुन्।
तपाईँको उमेदवारीको औचित्यता के हो ?
म यस पदका लागि योग्य छु, हजारौँ नेपाली अमेरिकन समुदायको प्रतिनिधित्व गर्छु, एनआरएनएको केन्द्रीय कमिटी अन्तर्गत बोर्ड अफडाईरेक्टरमा निर्वाचित भई काम पनि गरिरहेको छु,जीतेँ भने म जस्तै सामान्य मान्छेलाई संस्थामा आवद्ध गराउन मरिमेट्ने छु।
तपाईं निर्वाचित हुने आधारहरु के के हुन् ?
मेरो क्षमता, ईमानदारीता र विजयको ईतिहाँस।
अन्त्यमा केही भन्नु हुन्छ कि?
यता हामीले चुनाव जितौँला नजितौँला, हाम्रो जन्मभूमि कोरोना कहरमा छ, यस्तो बेला जे जति सकिन्छ दिल खोलेर सहयोग गरौँ। मेरा कुराराख्ने अवसर दिनुभएकोमा तपाईँको लोकप्रिय अनलाईन ईनेप्लीज टीमका सबैलाई धन्यवाद। उत्तरोत्तर प्रगतिको कामना !
प्रतिक्रिया