एनआरएनए एनसीसीको चुनावमा ‘एजेन्डा सहित एक्सनमा उत्रिए’ वुद्धि सागर सुवेदी

-सुरेश कोइराला २०७८ जेठ ८ गते १५:१३ मा प्रकाशित

न्यूयोर्क।जति जति एनआरएनए एनसीसीको चुनाबी तिथि नजिकिदै छ उत्ति उत्ति राजनीतिक खिचातानी पनि बढ्दै गएको छ । चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारहरू आफ्नो पल्ला भारी बनाउन लागिपरेका छन्।

यसैबीच चुनावी दौडधूपका क्रममा विभिन्न राज्यमा छलफलमा रहेका एनआरएनए अमेरिकाकाका अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीले आफू ‘एजेन्डा सहित एक्सन’ लिएर चुनावी मैदानमा उत्रिएको बताउनु भएको छ।अमेरिकामा रहेका दुबै जनसम्पर्क समितिको ७० प्रतिशत समर्थन रहेको सुवेदी सबैको मन र मुटुमा बस्ने सक्ने विश्वासिलो नेताको रुपमा परिचित हुनुहुन्छ।

नेपाली काँग्रेस पार्टीको सुभेच्छुक संस्थाको रुपमा काम गर्ने नेपाली जनसम्पर्क समिति अमेरिका अहिले दुईवटा समूहमा विभाजित छ । यी दुबै संस्थाको साथ र समर्थन अनि उहाँको व्यक्तिगत छविका कारणले पनि चुनावी बाजी सुवेदीको मार्ने देखिएको छ।

अध्यक्षका दावेदार सुवेदीलाई नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ र संगठन विभाग प्रमुख बेद खरेलको सहयोग र समर्थन रहेको छ।उहाँलाई उक्त संस्थाको उपाध्यक्षदेखि सदस्यहरूसम्मको साथ पाएका छन्।सुवेदीले अर्को नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसी र महासचिव सुभाष घिमिरेको समेत बलियो समर्थन पाउनुभएको छ।उहां ३२ मध्ये २५ च्याप्टरहरूमा अत्यधिक मतले विजयी हुने निश्चित देखिएको छ।सबैको आशा र भरोसाका केन्द्रका रुपमा रहेका सुवेदीलाई सबैले अपनाएका छन्।सुवेदीले न्यूयोर्कबाट सबैभन्दा धेरै मत पाउने हुनुभएको छ।

अमेरिकामा रहेका विभिन्न च्याप्टरलाई बलियो र एकताबद्ध गरी विभिन्न अन्य संघ संस्थासँग समन्वय गर्दै सामाजिक कामलाई पहिलो प्राथमिकता राखेर अघि बढ्ने छु,’ उहाँले भन्नु भयो ‘एनआरएनएमा काम गरेर अरुलाई समेत उत्प्रेरणा दिन मैले उम्मेदवारी दिएको हुँ।’

एनआरएनए अमेरिकामा आपत्तकालीन कोष खडा गर्नेदेखि संस्थालाई समावेशी र सहभागितामूलक बनाइ महिला तथा युवायुवतीहरूको उन्नतिमा योगदान गर्ने प्रतिवद्धता उहाँले गर्नु भएको छ।‘दोहोरो करमुक्तिका विषयलाई प्राथमिकतामा राख्नेछु,’ उहाँले भन्नु भयो ‘ विभिन्न राज्यमा निःशुल्क स्वास्थ्य शिविरदेखि अन्य सामाजिक काम गर्नेछु।’

नेपालको धर्म संस्कृति,रितिरिवाज तथा चाडपर्वलाई लिएर फेष्टिवलहरू मनाउने उहांको योजना छ।यसले विदेशी भूमीमा नेपालको पहिचान अझ बढ्ने उहाँको भनाइ छ।

-सुरेश कोइराला

प्रतिक्रिया