’राष्ट्रपतिबाट सबिधानमाथि आक्रमण हुनु  दुर्भाग्यपुर्ण’

इनेप्लिज २०७८ जेठ ८ गते ९:४९ मा प्रकाशित

काठमाडौ । नेपाली काग्रेसका सहमहामन्त्री एवं पुर्ब मन्त्री सुनिलबहादुर थापाले राष्ट्रपतिबाट संबिधानको धारा ७६(५) अनुरुप सरकार गठनको लागि दावी गरेका उम्मेदवार मध्येका सबै प्रक्रिया पूरा गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालको संबिधान अनुसार प्रधानमन्त्रीमा नियुक्ति गर्न सकिने अवस्था बिद्यमान रहेकै अवस्थामा बिधि र पद्धति मिची संसद बिघटन गर्नुलाई घोरआपत्तिजनक कुरा भएको बताउनुभएको छ।

राष्ट्रपति भण्डारीले सांसदहरुका हस्ताक्षरको सनाखत नगरी , सांसदहरु कारवाहीमा पर्ने र प्रधानमन्त्रीको दावी गर्ने कुनै पनि उम्मेदवारले संसदबाट बिश्वासको मत पाउन नसक्ने भन्ने काल्पनिक अनुमानका आधारमा कामचलाउ प्रधानमन्त्री के.पी ओलीको सिफारिसमा संबिधान छलेर संबिधान बाहिर उभिएर मध्यरातमा प्रतिनिधिसभा बिघटन गर्ने जुन काम गर्नु भएको छ यो कार्यबाट नेपालको संबिधान २०७२ को पूर्ण उल्लंघन र मानमर्दन भएको सहमहामन्त्री थापाले उल्लेख गर्नुृभएको छ।

सहमहामन्त्री थापाले भन्नुभएको छ –संबिधानको संरक्षण एवम् पालनाको संबैधानिक दायित्व बहन गरेका राष्ट्रपतिबाट संबिधानमाथि आक्रमण हुनु दुर्भाग्य हो । राष्ट्रपति र कामचलाउ प्रधानमन्त्रीबाट संबिधानको आत्मा मारेर , संसदीय मूल्य र मान्यता तथा लोकतन्त्रको आदर्श र परंपराबिपरित भएका कार्यको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । राष्ट्रपतिको यस कदमले संघीय लोकतान्त्रिक गणतन्त्रको अस्तित्व र उपादेयतामाथि घोर संकट उत्पन्न गरेको छ।

सहमहामन्त्री थापाले भन्नुभएको छ ,कोरोनाको महामारीबाट बिश्वको सिंगो मानव समूदाय नै आतंकित रहेको अवस्थामा चुनावको परिकल्पना नै गर्न सकिदैन । सहमहामन्त्री थापािले राष्ट्रपति र कामचलाउ प्रधानमन्त्रीबाट लोकतन्त्रको भाग्य र भबिष्यलाई अनन्त कालो सुरुङ् तर्फ धकेलिएको हुनाले राष्ट्रपतिबाट मध्यरातमा चालिएको कालरात्री कदमको संगठित प्रतिकारको लागि नेपाली कांग्रेस फेरि एक पटक लोकतन्त्रको लडाईंमा होमिएको उद्घोष गर्दै एक आर्कामा हातेमालोका साथ अघि बढ्न लोकतन्त्रका हिमायति सबै राजनीतिक दल र आम जनसमूदायमा हार्दिक अपिल गर्नुभएको छ।

प्रतिक्रिया