ज्ञानेन्द्र शैलीमा मध्यरातमा सबिधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीले सामुहिक बलात्कार गरेको नेताहरुको आरोप

टंक पन्त २०७८ जेठ ८ गते १:४७ मा प्रकाशित

 

काठमाडौ । राष्ट्रपति बिधादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तीको बिज्ञप्ति आउला भनेको त राजा ज्ञानेन्द्रले जस्तै मध्यरातमा संसद नै बिघटन गरेर सबिधानमाथि कु गरेको संगीन आरोप प्रतिपक्षी दलका नेताहरुले लगाएका छन ।
सबिधानको मर्म र भावना बिपरित जुन ढंगले काम भयो त्यसले समग्र ब्यबस्था र गणतन्त्रलाई नै धरापमा पारेको सबिधानबीद बिपिन अधिकारीले बताउनुभएको छ ।
देशमा महामारी छ महामारीले थिलो थिलो भैरहेको छ र यो महामारी अझै कति समय जान्छ भन्ने टुंगो छैन तर यस्तो बेला संसद बिघटन गरेर निर्बाचनको मिति तोकिनुलाई निर्बाचन गराउनु नभएर सत्ता कब्जा गर्ने नियत प्रधानमन्त्री ओलीको भएको भएको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले लगाएको छ ।
नेपाली काग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली मिलेर सबिधानमाथि बलात्कार मात्र होइन धुजा धुजा पार्न खोजेको आरोप लगाउनुभएको छ ।
माओबादीका नेता बर्षामान पुनले सबिधान मात्र होइन गणतन्त्रमाथि धावा बोलिएको आरोप लगाउनुभएको छ । सबिधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार सहित दाबी पेश गर्न आफै भन्ने अनि राष्ट्रपति भण्डारी रातभरि नसुतेर षडयन्त्रमा लाग्ने यो भन्दा लोकतन्त्रको उपहास के हुन्छ भनी प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं बरिष्ठ पत्रकार किरण गिरीले प्रश्न गर्नुभएको छ ।
शुक्रबार राति सम्म मन्त्रिपरिषदको बैठक बसेर राति १ बजेतिर राष्ट्रपति समक्ष संसद बिघटनको सिफारिश गरिएपनि राष्ट्रपति र प्रधानमन्त्री ओलीको पुर्ब योजना अनुसार नै संसद बिघटन गरिएको माओबादीका बर्षामान पुनले बताउनुभएको छ ।
मन्त्रिपरिषद बैठकले सबिधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने भरपर्दो आधार नभएको कारण नै देशलाई अन्यौलमा नराख्न संसद बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्बाचनको घोषणा गर्नुपरेको दाबी गरेको छ ।


स्मरणीय छ , भोलि आइतबार देखि संसद अधिबेशन बस्ने गरी आह्वान भैसकेको थियो । तर अघिल्लो दिन नै संसदलाई हत्या गर्ने काम भएको जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबले बताउनुभएको छ ।
राति सम्म संसद बिघटनको तयारीका लागि मन्त्रिपरिषदको बैठक र राष्ट्रपति कार्यालय पनि त्यसकै पखाइमा रातभरि सक्रिय भएको बताइएको छ । देशमा आम नागरिकहरु सुतेका थिए भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास रातभर सुतेन । सोही परिणाम स्वरुप राति ३ बजेतिर संसद बिघटनको खबर आयो ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेका मध्यावधि निर्वाचन नभई संविधान खारेजको प्रपञ्च भएको बताउनुभएको छ  ।

उहांले ट्वीट गर्दै डा. भट्टराईले प्रतिगामी शक्तिहरुको षड्यन्त्र–सेटिङमा गत पुस ५ गतेकै निरन्तर हर्कत भएको  बताउनुभएको  ।

‘गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म’ भन्दै संविधान खारेज गर्ने प्रपञ्च भएकाले प्रतिवादका लागि एकजुट हुन आव्हान गरेका छन् ।

उहांले ट्वीटमा भन्नुभएको छ , ‘भित्री–बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र–सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म । यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो । एकजुट होऊॅ : प्रतिवाद गरौं ।

अहिलेकै परिस्थितमा छलफल गर्न नेपाली काग्रेसको आकश्मिक बैठक आज बस्दै छ

त्यसअघि शुक्रबार दिउसो साढे ३ बजे नेपाली कांग्रेस , नेकपा माओबादी केन्द्र , जनता समाजबादी र नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल पक्षका २७ जना सांसद सहित १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल नयां प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्नुभएको थियो ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो पार्टी नेकपा एमाले र जनता समाजबादीका महन्त ठाकुर र राजेन्द्र महतो पक्षका १६ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दाबी राष्ट्रपति समक्ष गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले आफनो पार्टीका १सय २१ जना र महन्त ठाकुर पक्षका १६ जना आफनो पक्षमा भएको दाबी गर्नुभएको थियो ।

एमालेकै बरिष्ठ नेता माधब नेपाल पक्षका २७ जना सांसदहरुको हस्ताक्षर बरिष्ठ नेता नेपालले शुक्रबार सिंहदरबारमा भएको नेपाली काग्रेस , माओबादी केन्द्र , जसपा उपेन्द्र यादब , डा बाबुराम भटराई पक्ष सहितको बैठकमा बुझाइसक्नुभएको थियो । सो गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि रहेको छ । सो दाबी लिएर राष्ट्रपति समक्ष माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रबक्ता नारायणकाजी श्रेष्ठ, काग्रेस नेता रामचन्द्र पौडेल , जसपा अध्यक्ष उपेन्द्र यादब , महेन्द्रराय यादब र जनमोर्चाकी दुर्गा पौडेल पनि जानुभएको थियो ।
बिपक्षी गठबन्धनसंगको भेटमा राष्ट्रपति बिधा भण्डारीले प्रधानमन्त्री ओलीले पनि दाबी गर्नुभएकोले आफुले कानुनी परामर्श गरेर निर्णय लिने जानकारी गराउनुभएको थियो । ।

प्रतिक्रिया