मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

इनेप्लिज २०७८ जेठ ८ गते ०:१४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिस आए पछि उनले विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् ।

राष्ट्रपतिले शुक्रबार राती पूर्व प्रधान मन्त्रि शेरबहादुर देउवा र प्रधान मन्त्रि केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुबै दाबी खारेज गरिदिएका थिइन् ।

खारेजी हुनासाथ त्यसपछि बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ मङ्सिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो ।

शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे पटक हो ।  यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

तर यो पटक राष्ट्रपतिसँग मिलोमतोमा संविधानको प्रक्रिया पु¥याएर संसद विघटन गरेकाले पुनर्स्थापना असम्भव जस्तै छ ।

प्रतिक्रिया