उर्लाबारी।मोरङको उर्लाबारी–६ मा एक जना बालकले आत्महत्या गरेको घटना रहस्यमय बनेको छ।जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेपछि घटना रहस्यमय बनेको हो।बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्या गरी झुण्डाएर मारेको आमा तुलसा दियालीले आरोप लगाइन्।तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी छिन्।
बालक दियाली घर अगाडि सलको पासो लगाई आत्महत्या गरेको अवस्थामा शव भेटिएको थियो।घरभित्र बुवा कुमार सुतिरहेको अवस्थामा छोरा पवनले आत्महत्या गरेका थिए।आत्महत्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए।छिमेकीहरुले समेत ८ बर्षको बालकले आत्महत्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन्।यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म कार्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेका छन्।
प्रतिक्रिया