एनआरएनए एनसीसी अमेरिकाको २०२१/२०२३ कार्यकालमा महासचिव पदका लागि उम्मेदवार

सुरेश कोइराला २०७८ जेठ ७ गते १०:५६ मा प्रकाशित

न्यूयोर्क :अमेरिकाको नेपाली समाजमा उद्धारवादी व्यक्तित्वमा रुपमा परिचित अन्जनकुमार चौलागाई ले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१/२०२३ कार्यकालमा महासचिव पदका लागि उम्मेदवार हुनु हुन्छ।उहाँ एक साहशी,कर्मठ र लोकप्रिय हुुनुुहुन्छ।
चौलागाई नेपाली अमेरिकी समुदायमा सरल,सहज र मिलनसार व्यक्तिका रुपमा स्थापित हुुनुहुन्छ नेपालको सिन्धुपालचोक जिल्लामा जन्मनुभएका हो।

नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुदै हाल अमेरिका जनसम्र्र्पकको पृष्ठभूमिबाट आउनु भएका चौलागाई व्यवसायदेखि विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध हुुनुहुन्छ।एनआरएनए एनसीसीमा उहाँ एक साहसी, उर्जाशिलसाथै एजेण्डामा भन्दा काम गरेरै देखाउन पर्छ भन्ने मान्यतालाई बढी जोड दिुनहुन्छ । २००९ मा अमेरिका आउनु भएका चौलागाईं सुरु देखि नै न्यूयोर्क बस्दै आउनु भएको छ। २०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यत लिनु भएका चौलागाईं २०१९ को निर्वाचनमा महसचिवमा प्रतिस्पर्धी हुनुहुन्थ्यो।

मेरो समाज सेवाप्रतिको सक्रियता हेरेर साथीभाईहरुको आग्रहमा मैले उमेद्वारी दिने निर्णय गरेको हुँ उहाँले भन्नुभयो म न्यूयोर्क मात्र होइन अमेरिकभरी नै सामाजिक काममा संलग्न हुन् चाहन्छु।सबै नेपाली अमेरिकनहरुको आफ्नो हुन चाहन्छु। त्यसैले सबै मतदाताको मत पाउने विश्वास गरेको छु।

-सुरेश कोइराला

प्रतिक्रिया