प्रेस विज्ञप्ती – मातृभूमि नेपालको सहयोगार्थ (COVID-19)

इनेप्लिज २०७८ जेठ ५ गते १०:०८ मा प्रकाशित

कोरोना संक्रमणले प्रभावित बनेको मातृभुमी नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रीत भई गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिका तथा अमेरिकाज क्षेत्रमा बस्नुहुने गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद्को अन्तराष्ट्रिय कार्यकारी सचिवालयमा रहनुभएका पदाधिकारी तथा सल्लाहकारहरुबीच संयुक्त वैठक मे १७ सोमबार बसेको छ।

सो वैठकले राष्ट्रिय समन्वय परिषद् मार्फत सहयोग संकलन अभियानलाई तिव्र पारी संकलित हुन आउने रकमवाट गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् सगको समन्वयमा नेपालको कुनै एक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको छ । यस प्लान्ट जडान गर्न करिव १ लाख २५ हजार अमेरिकी डलरको आवश्यकता पर्ने प्रारम्भिक अनुमान रहेको छ । नेपालमा हाल अक्सिजन अभावले गर्दा अकालमै ज्यान गुमाउनु परिरहेको दुखद् घटनालाई हेरी स्थायी रुपमै एक अस्पतालमा अक्सिजन प्लान्ट बनाउदा उत्तम हुने निष्कर्ष सहीत त्यसका निम्ति अग्रसरता देखाउने निर्णय भएको हो । अन्य पक्षवाट पनि यसका लागि सुझाव समेत आएको थियो।

कोभिड १९ को असर मातृभुमी नेपालमा बढेसगैं संघले सहयोग अभियानलाई विशेष महत्व दिदैं आएको छ।संघले जारी सहयोग संकलन अभियानमा सहयोग गर्न पनि सबैमा अनुरोध गरेको छ । सहयोग गर्नका लागि संघले गो-फन्ड-मि समेत संचालन गरेको छ।

GoFundMe Link:
https://www.gofundme.com/f/save-life-of-nepali-from-covid19?utm_campaign=p_cf+share-flow-1&utm_medium=copy_link&utm_source=customer

भवदीय,
पशुपती पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिका

प्रतिक्रिया