घरमा थन्क्याएको सिलिण्डरले तपाईलाई बचाउदैन

रेनुका गुरुङ २०७८ जेठ ५ गते ५:२७ मा प्रकाशित


अफिस घर जस्तो ,घर अफिस जस्तो अर्थात अफिस र घरमा कुनै फरक छैन।कोरोना महामारीको दोस्रो लहले जनजीवनलाई पुरै अस्तब्यस्त बनायो जसले गर्दा अस्पतालमा बेड मात्र होइन अक्सिजन पनि पाउने अबस्था भएन त्यसैले म पनि अस्पताल संचालक भएकोले दिन रात नभनेर अस्पतालको सेवामा खटिएकी छु।म मात्र होइन मेरो परिबारको पनि सम्पुर्ण ध्यान अस्पतालमै छ।

जब अक्सिजन अभाब हुन थाल्यो त्यसपछि सबैतिर हारगुहार गर्नुपर्ने अबस्था आयो।राति सम्म अफिसबाटै अक्सिजन खोज्न लाग्यो घर पुग्यो अनि त्यहि समस्या।हरेकतिर दुइ हात जोडेर हारगुहार गरी कतैबाट २ , ४ वटा कतै बाट १०, ८ वटा , कतैबाट १५ , २० वटा गरी बल्ल बल्ल बिरामीको उपचार गर्नुपरेको छ।

दई हप्ता यता राम्ररी सुतेकै छैन भन्दा पनि हुन्छ कहिलेकाही त परिबारले के यस्तो काममा हातेको होला भन्छन कि भन्ने चिन्ता पनि लाग्छ।हुन त परिबारको जुन खालको सहयोग भएको छ जसले गर्दा त्यस्तो सोचेजस्तो लाग्दैन तर एक दिन होइन दुइदिन होइन यतिलामो समय सम्म दिनहुं तनाब भएपछि परिबारमा कतै मनमा त त्यस्तै भएको छैन भन्ने आफैलाई लाग्ने।

नागरिकहरुले बेड नपाएर बिनम्रतापुर्बक अनुरोध गर्दा पनि बेड मिलाउन नसक्दा एउटा पीडा हुने गरेको छ भने अर्कोतिर अक्सिजनको अभाबले गर्दा स्वस्थ हुदै गएका बिरामी जोखिममा पर्ने हुन कि चिन्ताले सधै सताउने गरेको छ । त्यसैले पनि अक्सिजनका लागि अस्पतालका अध्यक्ष सहित हामी आफै पटक पटक अक्सिजनका लागि लाइनमा बस्दै आएका छौ।

देशमा यो अबस्था आउछ भन्ने जानकारी राज्यलाई नभएको होइन तर राज्यले पटक्कै ध्यान दिएन । गत साल देखि अक्सिजन उत्पादनका लागि राज्यले ध्यान दिएको भए अहिले यो अबस्था आउने थिएन।अक्सिजन उत्पादन बढाउंदा राज्यका लागि सधै राम्रो हुने हो किनकि अक्सिजन त जहिले पनि चाहिने कुरा हो नि।

अहिले देशमा अक्सिजन नै नपाएर नागरिकको ज्यान जानु जस्तो दुखद र पीडादायी के हुन सक्छ ? तर पनि यो पीडाले नागरिकहरु छटपटिएका छन।यो छटपटाहट जिम्मेबार तहमा रहेका नेतृत्वलाई हुनुपर्ने हो नि।अहिले देश पुरै संकटमा फसेपछि बल्ल सरकारको कान खुलेको छ । जब कि धेरै सास्ती नागरिकहरुले भोग्दै आएका छन । अस्पतालहरुले त्यो सास्तीको सामना कोरोनाले थलिएको बिरामीलाई भन्दा कम गराएन।

राज्यका सम्पुर्ण निकायमा गंभीर सबेदनशीलाको खाचो छ भने आम नागरिकको यस्तो बेला हातेमालोको खाचो छ।नयां भेरियण्ट सहितको भाइरस आएकोले फेरि पनि आम नागरिकहरुले पनि आआपनो ठाउबाट जिम्मेबारी निर्बाह गर्नुपर्छ।जिम्मेबार नेतृत्वले सत्ता र कुसीका लागि जति ध्यान केन्द्रित गर्ने गरेको छ त्यो भन्दा धेरै गुना समय अहिलेको महामारी न्युन गर्न र आम नागरिकहरुको उपचारका लागि लाग्नुपर्छ ,अस्पनतालहरुलाई आबश्यक अक्सिजन उपलब्ध गराउनुपर्छ।

अक्सिजनका सिलिण्डर यति आए उति आए भनेर मात्र हुदैन ती सिडिण्डर भरेर दिनसक्नुपर्छ । रित्ता सिलिण्डर भर्न नपाएर कति सास्ती भोग्नुपरेको छ भन्ने कुरा अक्सिजन भर्ने ठाउमा हुने दिनहुंका लामो – लामो लाइनलाई हेर्दा हुन्छ।जत्ति मेहनत गर्दा पनि जति दिन नसुते पनि एक दिन राति अक्सिजन नै सकिय ।अस्क्सिजन नपाएर बिरामीको अबस्था जे पनि हुन सक्ने पीडादायी अबस्था आयो अनि खोज्दे जादा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले केही भरिएका सिलिण्डर उपलब्ध गराउनुभयो त्यो सहयोगले त्यो रातको संकट त टर्यो।अकौ दिन कथा उस्तै।

बिगतको तुलनामा कोरोना महामारीको दास्रो लहरपछि निकै गुना धेरै अक्सिजनको आबश्यकता छ।एउटा अक्सिजनको सिलिण्डरले अस्पतालमा भर्ना भएको एउटा बिरामी बच्न सक्छ । तर केही समय यता कतिपयले घरघरमा सिलिण्डर राखेको सन्दा आश्चर्य लाग्छ।बिडम्वना पनि कति बिडम्वना।घरमा अक्सिजन नै लगाउनु परेपनि एक दुइ वटा सिलिण्डरले केही हुने होइन।अस्पतालमा भए त धेरै जनालाई सहयोग हुन्छ अर्थात प्रयोग हुदै भरिदै गर्ने हुन्छ।

यदि मानबीयता हुन्छ र यो महामारीका बेला आफनो तर्फबाट थोरै भएपनि सहयोगको हात बढाउनु हुन्छ भने बिनम्रतापुर्बक अनुरोध गर्न चाहन्छु।जो कसैले घरमा सिलिण्डर राख्नुभएको छ उहांहरुले फर्काइदिनुस।आफु सुरक्षित हुनुहोस अरुलाइ पनि सुरक्षित हुन बाट जोगाउन भुमिका निर्बाह गर्नुहोस त्यहि छ मेरो अनुरोध।

गुरुङ, ग्रिनसिटी अस्पतालका फाइनान्स डाइरेक्टर एवं संचालक हुनुहुन्छ ।

 

 

 

 

प्रतिक्रिया