आइतबार, असार ६ २०७८
काठमाडौं ०६:११
वासिङटन डिसी 20:26

ट्रम्पका कट्टर समर्थक अमेरिकी सांसद गेट्ज़का सहायक यौन बेच-बिखनको आरोपमा दोषी ,गेट्ज़ शंकाको घेरामा

इनेप्लिज २०७८ जेठ ४ गते ११:२१ मा प्रकाशित

फ्लोरिडा राज्यका अमेरिकी प्रतिनिधि म्याट गेट्ज़का सहायक यौन बेचबिखनको आरोपमा दोषी पाइएका छन् । सन् २०१७ देखि फ्लोरिडा राज्यबाट अमेरिकी सांसद बनेका गेट्ज़ पनि उनका सहायक संगै अमेरिकी न्याय बिभागको अनुसन्धानको घेरामा परेका छन् ।

रिपब्लिकनका जन प्रतिनिधि म्याथ्यु लुइस गेट्ज़ अमेरिकी वकिल पनि हुन् भने फ्लोरिडाको निर्वाचन क्षेत्रसंख्या १ का जन प्रतिनिधी हुन् ।

गेट्जका लामो समयदेखि सहयोगी जोएल ग्रीनबर्ग ओर्लान्डोको संघीय अदालतमा गत सोमबार मे १७ का दिन उपस्थित भएका थिए । एक नाबालिगको यौन बेचबिखन सहित उनलाई ३ दर्जन आरोपको सामना गरि रहेको समयमा ६ वटा आरोप लगाइएको छ ।

उनले कम्तीमा पनि एक नाबालिग युवतीलाई उनी र अन्य पुरुषहरुसंग उनले यौन सम्बन्ध राख्न लगाएको स्वीकार गरेका छन् । गेट्ज़को पक्षमा सम्झौता वा अदालतको सुनुवाईको अवधिमा उल्लेख गरिएको थिएन।

संघीय अभियोजन पक्षहरूले गेट्ज़ र ग्रीनबर्गले नाबालिग युवतीलाई भुक्तान गरेका छन् या यौन सम्बन्धको लागि उनीहरूलाई उपहार प्रस्ताव गरिएको सम्बन्धमा जाँच गरि रहेको जनाएका छन् ।

अन्वेषकहरूले पनि गेटज र उनका साथीहरूले केही महिलाका लागि सरकारी जागिर लगाउन खोजेका थिए भन्ने बारेमा पनि हेरिरहेका छन्। संघीय जाचकर्ताले गाँजा लाई ओखतीको रुपमा प्रयोग गरिने सम्बन्धी कुनै सम्बन्ध रहेको विषयमा पनि छानबिन गरि रहेका छन् ।

अमेरिकी जन प्रतिनिधि गेट्ज़ले उनलाई लागेको आरोपलाई ठाडै अस्विकार गर्दै आएका छन् । उनलाई पनि नाबालिग युवती संग यौन सम्बन्ध गरेको आरोप छ । उनले बारम्बार कांग्रेसबाट राजीनामा नदिने बताई रहेका छन

गेट्ज़का प्रवक्ताले “नाबालिगसँग कहिल्यै यौन सम्बन्ध राखेका छैनन र कहिले पनि यौन सम्पर्क लागि पैसा दिएका छैनन्।”भनि जनाएको कुरा एबिसी न्युजले लेखेको छ ।

प्रतिक्रिया