आइतबार, असार ६ २०७८
काठमाडौं ०७:३६
वासिङटन डिसी 21:51

अमेरिकामा कोरोना सक्रमितको संख्यामा ३५ प्रतिसत कमी,२७ करोड ४४ लाखलाई खोप

इनेप्लिज २०७८ जेठ ४ गते १०:३३ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ,संक्रमित हुनेको संख्या र अस्पताल भर्ना हुनेको संख्या कमी आएको छ । बिगत दुई हप्ताको तथ्याँक अनुसार न्यून हुदै गरको न्यूयोर्क टाइम्सले निकालेको छ ।

तथापि अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ३२ हजार ३२ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट ६ सय १३ जनाको मृत्यु भएको छ । गत सोमबार मे १७ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो । कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३५ प्रतिसतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८५ हजार ९ सय ५७ जनाको निधन भएको छ भने दुई हप्तामा १२ प्रतिसतले मृत्यु संख्या घटेको छ ।

हाल अमेरिकामा ३३,९५० जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या १८ प्रतिसतले घटेको छ ।

गत मे १७ का दिन अमेरिकामा ८ लाख २८ हजार ८ सय ९ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहान मंगलबार मे १८ सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड २९ लाख ९६ हजार ७ सय ३८ रहेको छ । अमेरिकामा कूल २७ करोड ४४ लाख ११ हजार ९ सय १ जनाले कम्तिमा एक खोप लगाएका छन ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३७ प्रतिसत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ४८ प्रतिसत पुगेको छ ।

प्रतिक्रिया