एमाले कार्यदलको बैठक बस्दै

इनेप्लिज २०७८ जेठ ४ गते १०:१४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको नव गठित कार्यदलको बैठक बस्दैछ।सत्तारुढ दल भित्र देखा परेको विवाद अन्त्य गर्नका लागि गठित कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।प्रधानमन्त्री कार्यलय सिंहदरबारमा दिउसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओली तर्फबाट कार्यदल संयोजक रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय दिएर कार्यदल बनाएका थिए।

कार्यदलमा दुबैतर्फका ५/५ जना नेता छन्।अध्यक्ष केपी शर्मा ओली तर्फका नेम्वाङ कार्यदल संयोजक समेत हुन्।वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक रहेका छन्।

प्रतिक्रिया