बरिष्ठ गीतकार चेतन कार्कीको अन्तिम म्यूजिक भिडियो “ मर्न दिदैन माया” सार्वजानिक

इनेप्लिज २०७८ जेठ ४ गते ९:२४ मा प्रकाशित

बरिष्ठ गीतकार चेतन कार्कीले लेख्नु भएको गीत “ मर्न दिदैन माया” म्यूजिक भिडियो अन्तिम रहेको छ ।बरिष्ठ संगीतकार / गायक नारायण ओलीको आवाजमा सजिएको गीत “मर्न दिदैन माया ” म्यूजिक भिडियो सार्वजानिक भएको छ।गायक तथा संगीतकार नारायण ओलीले आफ्नो सामाजिक संजालमा सम्झिदै लेखे:

आदरणीय चेतन कार्की ,

“ तपाईंले गन्ती गरे अनुसार एक बर्षमा हाम्रो ६७ वटा गीत भयो भनेको झल्झली याद आउँछ।त्यस् मध्य १८ वटा जति आउने क्रममा थिए।धेरै मलाई गाउन भन्नुभयो,केही फरक स्वरमा थिए।सबै गीतहरु द्वारा नै संगीतबद्ध भएकोले कुनलाइ तपाइँको अन्तिम गीत भनौ ? भने अलमलमा छु।त्यसै मध्यको छायांकन भएको यो गीतलाई नै अन्तिम मानी यो दु:खद घडीमा सबै गीत संगीत साहित्य अनुरागीहरुको माझ सम्झना स्वरुप राखेको छु।अन्य स्टुडियोमा तयार भएका गीतहरू देहरादुन बाट आएपछी सुन्ने अनि अरु नयाँ गर्दै जाने भन्ने तपाइँको बिचारमा दैबको तगारो लाग्यो।तर सृजना भनेको स्रोताको लागि नै भएको हुनाले मेरो तर्फबाट तनमनले भ्याएसम्म पुर्याउने कोशिश गर्नेछु। यो जुनिमा अधुरा रहेका कामहरू अर्को जुनि यदि पाइने भए संगै मिलेर पुरा गरौंला”।

“मर्न दिदैन माया” म्यूजिक भिडियोम गीतकार सोयमको कन्सेप्ट रहॆको थियो ।समाज को वास्तविक घटनालाई भिडियो मर्फात प्रस्तुत गरेको छ।सुभाष प्रधानले सो गीतको निर्माण मा सहयोग गरेका थिए।यस गीतमा चर्चित मोडेल मनोज ओली को जिबन्त अभिनय रहॆको छ र उनलाई रश्मि श्रेष्ठ ले साथ दिएका छन्। डम्बर राइको छायांकन तथा टेकेन्द्र सम्पादन रहेको छ। भिडियोको निर्देशनमा चाँदनी शाहीले गरिएकी छिन् ।सो म्यूजिक भिडियो म्यूजिक नेपालको युट्युब मार्फत हेर्न सकिन्छ।

प्रतिक्रिया