आइतबार, असार ६ २०७८
काठमाडौं ०५:५५
वासिङटन डिसी 20:10

बाइडेनद्वारा कोरोना बिरुद्धको खोप विश्वव्यापी रूपमा ८ करोड बाँड्ने घोषणा

इनेप्लिज २०७८ जेठ ४ गते ०:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना बिरुद्ध खोप विश्वव्यापी रूपमा बाड्ने घोषणा गरेका छन् । उनले मे १७ सोमबारका दिन उक्त घोषणा गरेका हुन् । उनले कोभिड-१९ बिरुद्धको खोप जुलाई ४ सम्ममा दिने बचन दिएका छन् । उनले कूल ८० मिलियन अर्थात् ८ करोड कोरोना बिरुद्धको खोप बिश्वब्यापी रुपमा पठाउने प्रतिबद्धता जाहेर गरेका छन ।

बिडेनले भने कि अमेरिकाले कोभिड-१९ को खोप कम्तिमा २ करोड डोज(खुराक)बाड्ने छ जुन अर्को महिना अनु देश पठाइने छ। ती थप २ करोड डोज(खोप )मा मोडर्ना, फाइजर र जोन्सन एण्ड जोन्सन र र एस्ट्राजेनेका समावेश हुनेछन । तर अमेरिका बाहिर पठाउनु अघि संघीय सँस्था(नियामक)हरूले स्वीकृति दिनु पर्ने हुन्छ। त्यो प्रयास चलिरहेको छ।

“हामीलाई यहाँ देश (घर)मा सुरक्षित राख्नको लागि र अरू मानिसहरूलाई सहयोग पुर्‍याउने सही कुरा गर्न विश्वव्यापी रोगको विरुद्ध लड्न मद्दत गर्नु आवश्यक छ। यो सही काम गर्नु हो, यो गर्न गाह्रो कुरा हो,” बाइडेनले ह्वाइट हाउसमा टिप्पणीमा भने।

राष्ट्रपतिले भने: “हामी हाम्रो आविष्कार र नव परिवर्तनको प्रदर्शन र अमेरिकी जनताको मौलिक शालीनताको साथ आफ्नो मूल्य मान्यताका साथ विश्वको नेतृत्व गर्न चाहन्छौं।”

सोमवारको घोषणामा विदेश प्रशासनको प्रयासलाई व्यापक बनाउन र महामारीको अन्त्य गर्न अन्य विश्व नेताहरूसँग काम गर्ने उनको प्रशासनको अन्तिम प्रयास हो उनले भने ।

प्रतिक्रिया